८ कार्तिक २०८३, आइतबार | October 25, 2026

कञ्चनपुरमा घरघरमै कोरोनाको : लेखापढी व्यवसायी देखि पूर्व प्रहरीको पनि कोरोनाबाट मृत्यु



कञ्चनपुर । कञ्चनपुरमा कोरोना महामारीले दैनिक २÷३ जनाको मृत्यु भईरहेको छ । जिल्लामा कोरोना महामारी घरघरमै देखिन थालेको छ भने जिल्लमा मृत्यु दर पनि उच्च देखिएको छ । बिहीबार महाकाली अस्पतालका उपचारार्थ ३ जनाको मृत्यु भएको थियो, भने शुक्रबार पनि बिहानै थप दुई जनाको मृत्यु भएको छ ।

श्वास प्रश्वास, रुघाखोकी र ज्वोरोका लक्षण देखिएपछि उपचारका लागि महाकाली अस्पतालमा आएका लेखापढी व्यवसायी तथा पुर्व प्रहरीको एकै दिन मृत्यु भएको छ । उनीहरु भारतबाट पनि नआएको र भारतबाट आएकाहरुसँग सम्पर्क पनि नगरेको परिवारका सदस्यहरुले बताएका छन् ।

भीमदत्त नगरपालिका १८ महेन्द्रनगरका स्थानीय समेत रहेका लेखापढी कानुन व्यवसायी संघ कञ्चनपुरका ४५ बर्षिया अध्यक्ष र शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ५५ बर्षिया पुर्व प्रहरीको एकै दिन मृत्यु भएको हो ।

पूर्व प्रहरीका आफन्तले सरकारले कोरोना महामारी रोकथाम एव नियन्त्रणका लागि पूर्व तयारी नगर्दा समान्य बिरामीमा कोरोना सक्रमित भई मृत्यु भएको बताए । ‘मानिस जन्मेपछि मृत्यु हुन्छ, यो सत्य कुरा हो, तर यत्रो महामारीका सरकारले अस्पतालमा जनशक्ति स्रोत साधन व्यवस्थापन गर्न नसक्नु कस्तो लार्पर्बाही हो ।’ उनीहरुले भने ।

महाकाली अस्पतालमा लगातार दुई दिनमा एक महिला सहित ५ जनाको मुत्यु भएको महाकाली अस्पतालले जनाएको छ ।

भारतबाट आएका सबैको कोरोना परीक्षण नगर्ने र होल्डीङ्ग सेन्टरमा समेत नराखि सिधै बस चढाएर गाँउ पठाउने गरिएका कारण गाँउ गाँउमा कोरोना महामारी फैलिरहेको स्थानीयको भनाई छ ।

उता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक लालबहादुर बमले भने गड्डाचौकीमा हेल्डीङ सेण्टर बनाएर एन्जिेन परीक्षपछि मात्र भारतबाट आएका नेपालीलाई घर पठाउने गरिएको बताए । ठूलो संख्यामा नेपालीहरु फर्किरहेकाले छिटफुट आफु खुसी निस्केको हुन सक्ने भएपनि प्रहरीले कडाई गरिरहेको उनले बताए ।

कञ्चनपुरमा कोरोना रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि एक साताका लागि लकडाउन गरेको छ । गत बर्ष कोरोना रोकथामका लागि तीनै तहका सरकारका प्रतिनिधी र सरकारी संयन्त्रहरु संस्थागतरुपमा कोरोनासंग लडेको भएपनि यस पटक भने कोरोना रोकथामका लागि प्रभावकारी कदम कसैले चालेका छैनन ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ११ : ३५ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको