१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

दक्षिण कोरियाका राष्ट्रपति इनले लगाए दोस्रो खोप



सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले शुक्रबार कोरोना भाइरस विरुद्धको दोस्रो खोप लगाएका छन् ।

राष्ट्रपति कार्यालय ब्लु हाउसले दिएको जानकारी अनुसार उनले राजधानी सोलमा रहेको जनस्वास्थ्य केन्द्रमा गएर दोस्रो खोप लगाएका हुन् ।

उनले खोपको पहिलो मात्रा भने गत मार्च २३ तारिखमा लगाएका थिए । अमेरिकाको भ्रमणमा निस्कनु अघि उनले दोस्रो मात्रा लगाएर खोपको मात्रा पुरा गरेका हुन् ।

राष्ट्रपति मुनको जनसञ्चार सम्बन्धी वरिष्ठ सचिव चाङ मान होले पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा पनि यस बारेमा जानकारी दिएका थिए ।

उनका अनुसार राष्ट्रपति मुन आगामी मे २१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेगरी अमेरिका जान लागेका छन् । सिन्ह्वा

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  २ : १९ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत