२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आइपिएल २०२१ : पञ्जाब किङ्स पाँचौँ स्थानमा उक्लियो



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा पञ्जाब किङ्स विजयी भएको छ । बैंगलोरको प्रतियोगितामा याे दोस्रो हार हो ।

शुक्रबार सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बैंगलोरमाथि ३४ रनले विजयी हुँदै पञ्जाब पाँचौँ स्थानमा उक्लिएको छ । १ सय ८० रनको विजयी लक्ष्य पाएको बैंगलोरले पूरै ओभर खेल्दै १ सय ४५ रन मात्र बनाउन सक्यो ।

नियमित अन्तरालमा विकेट गुमाएको बैंगलोरका लागि कप्तान विराट कोहलीले ३५, रजत पाटीदार र हर्शल पटेलले समान ३१-३१ तथा काइल जेमिसनले १६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उख्लेखनीय मात्रामा रन बनाउन सकेन ।

उत्कृष्ट फर्ममा रहेका ग्लेन म्याक्सवेल हरप्रीत ब्रायरको पहिलो बलमै शून्य रनमा बोल्ड आउट भए । यस्तै एबी डी भिलियर्स ३ रनको स्थितिमा ब्रायरको बलमै आउट भए ।

पञ्जाबका हरप्रीत ब्रायरले ३, रवि बिस्नोइले २ विकेट हात परे । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो ।

पञ्जाबका लागि कप्तान लोकेश राहुलले ९१ रनको योगदान दिए । १९ रनको स्थितिमा पहिलो विकेटको रुपमा प्रभसिम्रन सिंहलाई ७ रनको व्यक्तिगत स्कोरमा गुमाएको पञ्जाबका लागि राहुल र क्रिस गेलले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै ९९ रनमा पुर्याए । गेल ४५ रनमा आउट भए भने राहुल ५७ बलमा ५ छक्का र ७ चौकासहित ९१ रनमा अविजित रहे ।

यस्तै, हरप्रीत ब्रायरले नटआउट २५ रनको पारी खेल्दा दीपक हुडा ५ तथा शाहरुख खान र निकोलास पूरन शून्य रनमा आउट भए । बैंगलोरका काइल जेमिसनले २ लिए भने शाहबाज अहमद, दानियल साम्स र युजवेन्द्र चाहलको नाममा एक-एक विकेट रह्यो । बैंगलोर माथिको जितसँगै पञ्जाब अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । पञ्जाबको ७ खेलबाट ६ अंक छ । पराजित बैंगलोर भने तेस्रो स्थानमा यथावत् रहेको छ ।

अंक तालिकामा चेन्नइ शीर्ष स्थानमा छ भने दिल्ली दोस्रो स्थानमा छ । यस्तै, मुम्बइ, पञ्जाब, कोलकाता, राजस्थान र हैदरावाद क्रमशः चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ६ : ३६ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री