१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रहरीले रोक्यो १८ वर्ष ६ महिनाकि किशोरीको बालविवाह



सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका-२ चियाबारीमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । बालविवाह हुँदै गरेको थाहा पाएपछि विवाहमण्डपबाटै प्रहरीले दुलहा-दुलहीलाई नियन्त्रणमा लिएको थियो ।

दुलाहाको उमेर पुगेको भए पनि दुलहीको उमेर नपुगेको उजुरी प्रहरीसमक्ष आएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उमेर नपुगेकी दुलही र मकवानपुर जिल्ला बकैया गाउँपालिका-७ का दुलहाबीच शुक्रबार हुन लागेको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

दुलाहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको उनको भनाइ छ । “दुलहाको उमेर २५ वर्ष र दुलहीको उमेर १८ वर्ष ६ महिना पुगेको पायौँ”, उनले भने ।

दुवै पक्षले केटीको उमेर नपुगी विवाह नगर्ने सहमति गरेपछि दुलहा र दुलही दुवैलाई आ-आफ्नो अभिभावकको जिम्मा लगाएर प्रहरीले पठाएको छ । प्रहरीले बालविवाह रोकेपछि दुलहा पक्ष दुलही नलिई घर फर्किएको छ । रासस

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : ०४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष