२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

कोरोनाविरुद्ध लड्न भारतको कडा कदम, विश्वभरका नागरिकलाई भारत प्रवेशमा प्रतिबन्ध



काठमाडौ । सरकारको पूर्व तयारी फितलो भइरहेको भन्दै प्राणघातक कोरोना कोभिड–१९ को संक्रमण नेपाल भित्रन नदिन आलोचना भइरहेका बेला छिमेकी देश भारतले कोरोनाविरुद्ध लड्न कडा कदम चालेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक भारत सरकारले १५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस प्रकोपले महामारी रूप लिएपछि उसले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत भोलि शुक्रबार देखि मुलुक छिर्न नदिने घोषणा गरेको हो । भारत सरकारले कोरोना भाइरसको संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने कठोर कदम उठाइएको भारतले जनाएको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिन रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।

१५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् । ओसीआई कार्ड भएका प्रवासी भारतीय नागरिक लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ । यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ ।

भारतले अहिले गरिएको निर्णयको उद्देश्य भारतमा आउनसक्ने कुनै पनि भाइरस रोक्नु रहेको बताएको छ । बुधबारसम्मा भारतमा ८३ जना मानिसलाई भारतमा क्वारेन्टाइनमा राखिएको छ । जसमा एक बच्चा, नौजना भारतीय मूलका विदेशीसहितका मानिस छन् ।

उनीहरुलाई १४ दिनसम्म डक्टरको प्रत्यक्ष निगरानीमा राखिने बताइएको छ । यो अवधिमा भाइरसको कुनै लक्षण नदेखिएमा मानिसहरुलाई घर फिर्ता पठाइनेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ८ : ५५ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।