२३ माघ २०८२, शुक्रबार | February 6, 2026

कोरोना शिकार कञ्चनपुरका दुई शिक्षक, अक्सिजन सहितको एम्बुलेन्स नपाउँदा शिक्षकको मृत्यु



कञ्चनपुर । कोरोना महामारी तिव्र रुपमा अघि बढिरहेका बेला अक्सिजन सहितको एम्बुलेन्स नपाएर कञ्चानपुरका २ शिक्षकाको मृत्यु भएको छ । कोरोना संक्रमितले कञ्चनपुरको महाकाली र कैलालीको सेती अस्पताल भरिभराउ भएपछि अक्सिजन बिनाको एम्बुलेन्समा अन्यत्र लैजाने क्रममा ती शिक्षकको मृत्यु भएको हो ।

माहाकाली र कैलालीका सबै कोरोना अस्पतालहरु भरिभराउ भएपछि थप संक्रतिकले उपचार गर्ने स्थान नपाएर ज्यान गुमाउनु पर्ने अवस्था आएको छ । दुवै अस्पतालमा आईसियू बेड सहित एचडियू, आईसोलेशन भरिभराउ भएका छन ।

कञ्चनपुरका शनिबार एकै दिन दुई शिक्षक सहित तीन जनाको मृत्यु भएको छ । मृत्क मध्य एक शिक्षिका हुन् ।

लक्ष्मी माविका प्रअ दुई दिन अघि मात्रै अस्पतालमा बिरामी भएपछि उपचारका लागि आएका थिए । समान्य रुघाखोकी लागेर श्वाँस प्रश्वासमा समस्या भएपछि उनी उपचारका लागि बिहीबार महाकाली अस्पताल गएको मृतक शिक्षकका सहकर्मी डम्बरराज जोशीले बताए । जोशीका अनुसार ती शिक्षकलाई अस्पतालमा कोरोना पोजेटिभ देखिनुका साथै अस्पताल भर्ना गर्नुपर्ने भएकोमा अस्पतालमा आईसियू बेड भरिभराउ भएका कारण भर्ना पाएनन् । थप उपचारका लागि डडेल्धुरा उप क्षेत्रीय अस्पताल लैजान महेन्द्रनगर त्यस आसपासका २ दर्जन एम्बुलेन्सलाई फोन गर्दा पनि एम्बुलेन्स नपाएको शिक्षक जोशीले बताए । ‘अन्तमा दिउँसो एम्बुलेन्स त पाईयो तर अक्सिजन थिएन, त्यहि एम्बुलेन्समा लगेर जानेक्रममा विचबाटैमा अक्सिजन नपाएर उनको मृत्यु भयो, हामी शिक्षकमाथि राज्यको यत्रो अन्याय ग¥यो ।’ जोशिले भने ।

कञ्चनपुरका शिक्षकलाई कोरोना खोप समेत नलगाएको र सयौँको भिडमा पढाउनुपर्ने बाध्यता रहेको बताउदै उनले शिक्षकले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको बताए ।

तीन दिन अघि बिरामी भएकी भुकुटी माविकी शिक्षिकका पनि अक्जिसन र उचित उपचार अभावमा मृत्यु भएको छ । उनका आफन्त शिक्षक सहकर्मीले सरकारको लार्पबाहीका कारण कोरोनाको शिकार शिक्षक पनि भईरहेको बताएका छन ।

लगातार दुई दिनमा एक महिला सहित ८ जनाको मुत्यु भएको महाकाली अस्पतालले जनाएको छ । कञ्चनपुरका कोरोना रोकथामका लागि प्रभावकारी पहल नहुँदा नागरिकले अकालमै ज्यान गुमाईरहेको अस्पताल पुगेका संक्रमितका आफन्तको गुनासो छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ४ : ५९ बजे

वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगर-१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)

कांग्रेसको अगुवाइमा नागरिक अधिकार प्राप्त भएको हो : सङ्ग्रौला

पाटन । राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको अगुवाइमा नेपालीको

समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ

राजविराज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको