२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

आइपिएल २०२१ : पोलार्डको उत्कृष्ट प्रदर्शनसँगै मुम्बईको जित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगिता अन्तर्गत गएराती सम्पन्न खेलमा मुम्बईले जित हात पारेको छ ।

शनिबार राति दिल्लीमा सम्पन्न खेलमा अलराउन्ड केइरन पोलार्डको उत्कृष्ट अलराउन्डर प्रदर्शनपछि मुम्बई इन्डियन्ससँग चेन्नई सुपर किंग्स ४ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएकको चेन्नईले दिएको २१९ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । उसका लागि अम्बाती रायाडुले सर्वाधिक ७२ रन बनाए । उनले २७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७२ रन बनाएका थिए ।

यस्तै, चेन्नईका लागि फाफ डु प्लेसिस र मोइन अलीले पनि अर्धशतकीय पारी खेले । अलीले ३६ बलमा ५८ रन बनाउँदा डु प्लेसिसले २८ बलमा ५० रन बनाए । मुम्बईका पोलार्डले २ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए भने ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले समान एक विकेट लिए ।

मुम्बईको जितमा पोलार्डले विस्फोटक इनिङ खेले । उनले ३४ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै अविजित ८७ रन बनाए ।
मुम्बईका क्वेन्टन डि ककले ३८ र कप्तान रोहित शर्माले ३५ रन बनाए ।

त्यस्तै, क्रुनाल पाण्ड्याले ३२ रन बनाए । चेन्नईका साम कुरानले ३ विकेट तथा मोइन अली र रवीन्द्र जडेजाले समान एकरएक विकेट लिए । जितसँगै मुम्बई ७ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा छ । ७ खेलमा १० अंक जोडेको चेन्नई पारजयपछि पनि शीर्ष स्थानमा यथावत् छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : ४७ बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी