११ कार्तिक २०८३, बुधबार | October 28, 2026

कोरोना अस्पतालमा अक्सिजन नपाएर बिरामी छट्पटाउँदै, डाक्टर चिन्तित



दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन् । यहाँ २ दिनदेखि अक्सिजन अभाव थियो । आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतवार बिहानदेखि स्टक पनि सकिएको छ ।

बिरामी छटपटाउन थालेपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित देखिएका छन् । अस्पतालका व्यवस्थापक द्रोणबहादुर ओलीले आइतवार बिहानदेखि १ सिलिन्डर पनि अक्सिजन नरहेको बताए ।

‘हिजैदेखि प्रदेश सरकार, जिल्लाका निकायलाई हारगुहार गर्दै आएका छौं । अहिलेसम्म कसैले सुनेका छैनन्’, ओलीले भने, ‘अहिले बिरामीहरू अक्सिजन अभावमा बेडमा छट्पटाइरहेका छन् । हामीसँग अक्सिजन शून्य छ । दबाबमा बेड त बढाइयो तर आवश्यक सामग्री व्यवस्थापनमा कसैको चासो भएन । यही अवस्था रहेमा बिरामीको उपचार सम्भावना छैन,’ उनले भने ।

अस्पतालमा दैनिक डेढ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको उनको भनाइ छ । चर्को दबाबका कारण यो अस्पताल १०० बेडको चलाउने निर्णय शनिवार मात्रै गरिएको थियो । ४२ बेडमा सञ्चालन हुँदै आएकोमा ५८ बेडमा विस्तार गरिएको छ ।

अस्पताललाई सय बेडमा सञ्चालन गर्न दैनिक करीब ४०० सिलिन्डर अक्सिजन आवश्यक पर्ने व्यवस्थापक उनले बताए । अस्पतालका बिरामीको रक्षा भगवान् भरोसा मात्रै छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ७ : १६ बजे

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह

मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२