२४ बैशाख २०८१, सोमबार | May 6, 2024

खुल्ला जेलबाट पदमुक्त गरेकोमा राष्ट्रपतिलाई मुरीमुरी धन्यवाद : अमिक शेरचन



पोखरा । गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफुलाई पदमुक्र गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन्।

पोखरामा आज पत्रकार सम्मेलन गरी निवर्तमान प्रदेश प्रमुख शेरचनले अधिकारबिहीन खुला जेलबाट मुक्त गरेको भन्दै राष्ट्रपति भण्डारीलाई धन्यवाद दिएका हुन् । सरकारले हिजो मात्रै शेरचनलाई प्रदेश प्रमुखबाट बर्खास्त गरेको थियो ।

शेरचनले आफु पार्टीको अनुशासित कार्यकर्ता भएको नाताले बाध्य भएर प्रधानमन्त्री ओलीको प्रस्तावलाई प्रचण्डमार्फत स्वीकार गरेको बताए । आफुले यो पद अस्वीकार गरेको बताउँदै उनले भने, ‘अहिले अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनु भएकोमा पुनः धन्यवाद दिन चाहन्छु राष्ट्रपतिज्यूलाई ।’

शेरचनले आफूले पदमुक्त भएको खबर मिडियाबाट जानकारी पाएको बताए । उनले प्रदेश प्रमुख भएर १८ महिना २ दिनसम्म काम गरेको बताउँदै पदमा रहँदा कुनै असंवैधानिक काम नगरेको दाबी गरे । यसअवधिमा आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १० : ३३ बजे

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा