५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सार्वजानिक कार्यक्रम, भेला र जमघट रोक्न आवश्यक छैन : सामाजिक बिकासमन्त्री बराल



बुटवल । कोरोना भाइरसको प्रकोप रोक्न भन्दै संघिय तथा प्रदेश सरकारले भेला, सभा सम्मेलन तथा ठूलो संख्यमा जमघटहुने गरि कुनै कार्यक्रम नगर्न नगराउन निर्देशन गरिरहेका बेला प्रदेश ५ सरकारका समाजिक बिकास मन्त्री सुदर्शन बरालले नेपालमा भेला र सभा रोक्न आवश्यक नरहेको बताउनुभएको छ ।

नोबेल कारोना भाइरस सम्बन्धी सामाजिक बिकास मन्त्रालयले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बरालले नेपालमा भेला, सभा रोक्ने गरि कोरोनाको प्रकोप नरहेको बताउनु भयो । उहांले कोरोनाको प्रकोप रोक्न सचेत हुनु पर्ने भएपनि सिधै चीन वा अन्य मुलुकबाट भाईरस बोकेर नआंउदा सम्म डराउन आवश्यक नरहेको बताउनुभयो ।

प्रदेश ५ मा भाईरसको प्रवेश रोक्न प्रदेश सरकारले बिशेष तयारी गरिरहेको बताउंदै मन्त्री बरालले भारतसंग नाका जोडिएका ६ जिल्लाका ठूला तथा साना नाकाहरुमा हेल्प डेस्क संचालनमा आईसकेको जानकारी दिनुभयो ।

उहांले प्रदेशको बांके, दाङ र रुपन्देहीमा सुबिधा सम्पन्न क्वाराइन्टायन स्थापना गर्ने तयारी भईरहेको जानकारी गराउंदै क्वाराइनटाइन ब्यवस्थापनका लागि सुरक्षा निकायसंग छलफल सुरु गरिएको बताउनुभयो । सुरक्षा संयन्त्रसंग भएको अस्पतालहरुलाई जनशक्ति सहित क्वाराइनटायनका लागि प्रयोग गर्न सकिने मन्त्री बरालको भनाई छ ।

चीनमा समेत जनमुक्ति सेनाका स्वास्थ्यकर्मीले प्रभावितको उपचार गरेको भन्दै उहांले नेपालमा सुरक्षा संयन्त्रको जनशक्ति सहित शिविलियन जनशक्ति समेत उपचारमा परिचालन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा प्रदेशमा संचालनमा रहेका हेल्थ डेष्कका बिषयमा प्रदेश स्वास्थ्य निर्देशनालय अस्पताल बिकास महाशाखाका निर्देशक डाक्टर उमाशंकर प्रसाद चौधरीले प्रकाश पार्नुभएको थियो । भने प्रदेश राजधानी रुपन्देहीको तयारीका अवस्थाका बिषयमा लुम्बिनी प्रादेशीक अस्पतालका मेडिक सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी गराउनुभयो ।

नेपाल भारत सिमानाकाका डेस्कहरुमा बिहिबार सम्म ९ हजार ४ सय ३४ जनाको स्वास्थ्य परिक्षण गरिएको र बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने २ हजार ८ सय जनाको सिमामा स्वास्थ्य परिक्षण भएको अन्तरक्रियमा जानकारी गराईएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : ३१ बजे

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल