१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

एनआईसी एशिया बैंक प्रदेश ५ द्वारा ३८ लाख बीमा दावी रकम भुक्तानी



बुटवल । एनआईसी एशिया बैंकले प्रदेश ५ का शाखाहरुबाट झण्डै ३८ लाख रुपियाँ बीमा रकम दाबी भुक्तानी गरिएको छ । प्रदेश ५ का विभिन्न शाखाहरुबाट ३७ लाख ९८ हजार ७ सय ५९ रुपैयाँ बीमा दावी रकम भुक्तानी गरिएको हो ।

बैंकले औषधिउपचार बीमा दावी अन्तर्गत ३८ जनालाई १७ लाख दुई हजार ५ सय ४७ रुपियाँ भुक्तानी गरेको छ । त्यस्तै घातक रोग अन्तर्गत एकजनालाई १५ लाख र दुर्घटना बीमा अन्तर्गत ५ जनालाई ५ लाख ९६ हजार दुई सय १२ रुपियाँ भुक्तानी गरेको बैंकका प्रदेश प्रमुख तिलकसुन्दर कार्कीले बताउनुभयो ।

बैंकले अर्घाखाँची शाखाबाट चमत्कारी बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका बुद्धिराम भुसाललाई १५ लाख रुपियाँ बीमा दावी भुक्तानी गरेको हो । त्यस्तै सुनवल शाखामा न्यू प्रिमियम समुन्नत बचत खाता खोलेका देउप्रसाद गुरुङलाई दुर्घटना बीमा अन्तर्गत ४ लाख ९१ हजार २ सय ५३ रुपैयाँ प्रदान गरेको छ ।

त्यस्तै बुटवल शाखामा सुपर चमत्कारिक बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका भुमादेवी खनाललाई औषधि उपचार अन्तर्गत एक लाख ३५ हजार बीमा दावी भुक्तानी गरेको गरिएको छ । त्यस्तै मुर्गिया शाखामा सुपर चमत्कारिक बचत खाता खोलेका मननाथ गौतमलाई औषधि उपचार अन्तर्गत एकलाख ३५ हजार र ड्राइभरटोल शाखामा सुपर चमत्कारिक तलव बचत खाता खोलेका विष्णुप्रसाद भुसाललाई औषधि उपचार अन्तर्गत १ लाख ३५ हजार रुपियाँ बीमा दावी भुक्तानी गरेको हो ।

बैंकले सुपर चमत्कारिक बचत खाता अन्तर्गत डायमण्ड खाता खोल्ने १८ जना, सुपर चमत्कारिक तलव बचत खाता खोल्ने १५ जना, चमत्कारिक तलव बचत खाता खोल्ने ५ जना, चमत्कारिक बचत खाता डायमण्ड खोल्ने ३ जना, सुपर चमत्कारिक नारी बचत खाता खोल्ने २ जना र न्यू प्रिमियम समुन्नत बचत खाता खोल्ने एक जनासहित ४४ जना ग्राहकलाई बीमा दावी भुक्तानी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रदेश ५ प्रमुृख कार्कीले बताउनुभयो ।

त्यस अवसरमा बैंकका प्रदेश प्रमुख कार्कीले ग्राहक धनमाया थापालाई औषधि उपचार बीमा दावी अन्तर्गत १७ हजार ७ सय रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । भविष्यमा आउन सक्ने भवितब्य र जोखिम कम गर्न सक्ने उद्देश्यले प्रचलनमा ल्याएको सुपर चमत्कारी बचत खाता योजनाले ग्राहकको आर्थिक भार कम गर्न महत्वपूर्ण टेवा पुग्ने डाइभरटोल शाखाका प्रमुख गंगाराज सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : ०२ बजे

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री