४ पुस २०८२, शुक्रबार | December 20, 2025

सामान्य अवस्थामा होम आइसोलेसन उत्तम



काठमाडौं । कोरोना भाइरस सङ्क्रमितहरु सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने सुझाव कतिपय चिकित्सकको छ ।

सङ्क्रमित होम आइसोलेसनमा सचेत भएर बस्दा तनावबाट केही हदसम्म भए पनि सहज हुने चिकित्सकहरूको सुझाव छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्राडा रवि शाक्य भन्छन्, “कोरोना सङ्क्रमित व्यक्ति सहज भएको खण्डमा होम आइसोलेसन बसेमा तनाव कम हुन्छ तर स्वास्थ्यमा केही समस्या तथा आफूलाई असजिलो महसुस भयो भने तुरुन्त अस्पताल जानुपर्छ ।”

अहिले कोरोनाको नयाँ स्वरूप पहिलेभन्दा फरक भएको अनुभव व्यक्त गर्दै उनले अक्सिजनको मात्रा ९२ भन्दा कम भयो भने सम्बन्धित स्वास्थ्यकर्मीसँग परामर्श लिने तथा अस्पतालमा आउन पनि अनुरोध गरे।

“असजिलो हुँदा अस्पतालमा आउँदा केही बिग्रँदैन तर आफूलाई स्वास्थ्यमा समस्या छैन । कोरोनाको साधारण लक्षण मात्र छ भने घरमा आइसोलेसन नै राम्रो हुन्छ ।

अस्पतालमा धेरै बिरामीको अवस्था देखेर मानसिक तनाव हुन्छ,” उनको सुझाव छ । उनका अनुसार शय्याको कमी अस्पतालमा छँदै छ तर धेरै बिरामीको अवस्था कठिन भएको देख्दा बिरामीको आत्मबलमा कमी आउँछ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ८ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको