१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बसभाडामा कालोबजारी गर्ने ३ जना पक्राउ



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजपनि बढी बसभाडा असुल्ने ३ जनालाई पक्राउ गरेको छ । उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात बैदेशीक रोजगारबाट आई घर फर्किने र अत्याबश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढि भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र कोटेश्चरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिएका छन् ।

महामारीको अबस्थामा यात्रुहरु ठगीन सक्ने कुरालाई मध्यनजर गरि बिशेष टोली परिचालन गरेका छौ, टोलीले त्यस्ता स्थानहरुमा गइ कहिले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढि भाडा लिएको पाइए निग्रानीमा राखि नियन्त्रणमा लिने गरिएको छ । उनले भने ।

एसएसपी भट्टराईका अनुसार कोटेश्वरबाट धनुषा मिथिलाका ४३ बर्षिय कृष्ण देवकोटा, झापा गौरदहका ४२ बर्षिय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने बर्ष ३४ को राम सुरेललाई पक्राउ महाशाखाले पक्राउ गरेको हो ।

काठमाण्डौं देखि पुर्व झापा मोरङ्ग जाने यात्रुहरुसँग जनही तीन हजार देखी पैतालिस सयसम्म भाडा लिने ईन्द्रेणी हाईसको काउण्टर र प्रदेश३(०१(००६ख १४३१ नम्बरको भाडाको बसका कर्मचारीलाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ । पक्राउ परेका सुरेललाई बृत्त गौशाला र अन्य दुई जनालाई आबश्यक कारबाहीको लागी प्रहरी प्रभाग कोटेश्वरमा बुझाईएको छ ।

यसअघि कोरोना महामारीमा सार्वजनिक सवारी संचालनमा पुर्ण रोक लगाएको भएता पनि बिभिन्न समस्यामा परेका र बिदेशबाट आएकाहरुलाई गन्तब्य पु¥याउने बहानामा बढि भाडा लिई ठगी गर्ने ६ जनालाई महाशाखाले पक्राउ गरी आवश्यक कारबाही चलाएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  २ : ५५ बजे

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका-१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर । भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त