१८ चैत्र २०८२, बुधबार | April 1, 2026

ओलीलाई महन्थ ठाकुरले भने : विश्वासको मत दिँदैनौं



काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर अध्यक्ष ठाकुरले आफुहरुले विश्वासको मतमा भोट नहाल्ने बताएका हुन् । ओलीलाई भेट गर्न ठाकुर र नेता राजेन्द्र महतो पुगेका थिए । उनीहरुले विश्वासको मत लिने अवस्थामा आफ्नो पार्टी तटस्थ बस्ने बताएका छन् ।

यद्यपी, जसपाभित्र ओली विरुद्ध मतदान गर्ने किन नगर्ने भन्नेमा विवाद कायमै रहेको छ । अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली विरुद्ध मतदान गरेर नयाँ सरकार बनाउनु पर्ने बताउँदै आएका छन् । जसपाभित्र विश्वासको मत विरुद्ध मतदान गर्ने या तटस्थ बस्ने भन्ने विवाद कायमै रहेको छ । पार्टीभित्र एकमत बनाउन आजै पदाधिकारी बैठक बस्ने बताइएको छ ।

जसपाको ठाकुर पक्षले समेत विश्वासको मत नदिने बताएपछि प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नपाउने पक्का भएको छ । यद्यपी, ओलीले जसपालाई आफ्नो पक्षमा विश्वासको मत दिन नसक्ने हो भने विपक्षमा मतदान नहोस भनेर तटस्थ बस्न यसअघिदेखि नै आग्रह गर्दैआएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १२ : ५० बजे

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको