४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोनाको त्रास सगै भेटिए डेंगुका बिरामी



काठमाडौ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिएका बेला नेपालमा भने डेंगुका बिरामी भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार पछिल्लो साढे दुई महिनाको अवधिमा ३६ बिरामी फेला परेका हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार पाँच प्रदेशमा डेंगुका ३६ बिरामी फेला परेका हुन् ।

पाण्डेका अनुसार प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा डेंगुका बिरामी फेला परेका हुन् ।

डा. पाण्डेका अनुसार डेंगुका सबैभन्दा धेरै बिरामी रुपन्देहीमा ११ जना फेला परेका छन् । उनका अनुसार काठमाडौं, ललितपुर र मोरङ जिल्लामा तीन/तीन गरेर ९ जना बिरामी भेटिएका छन् ।

महाशाखाका अनुसार प्रदेशगत रुपमा सबैभन्दा बढी ५ नम्बर प्रदेशमा १४ बिरामी भेटिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्याण्ट डा. अनुप बास्तोलाले डेंगुको संक्रमण बढ्न सक्ने बताउनुभयो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले यो समाचार लेख्नुभएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ७ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको