१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

कोरोना हालसम्म १५२ देशमा फैलियो, ५,८३९ को मृत्यु, स्पेनका प्रधानमन्त्री पत्नी संक्रमित, अमेरिकी राष्ट्रपति ट्रम्प सुरक्षित



एजेन्सी । विश्वका १ सय ५२ मुलुकमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजका श्रीमति बेगोना गोमेज संक्रमित भएकी छिन ।

प्रधानमन्त्री कार्यालयका अनुसार अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आईरहेको छ । कोरोनाका कारण स्पेनमा अहिलेसम्म १ सय ९६ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या ६ हजार ३ सय ९१ पुगेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।

विश्वभर ५ हजार ८ सय ३९ जनाको ज्यान लिएको कोरोना भाईरसका कारण अहिलेसम्म एक लाख ५६ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि ७५ हजार ९ सय ३२ जना निको भएर घर फर्किएका छन ।

कोरोनाको उद्गम मुलुक चीनमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएका कारण हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ९९ पुगेको छ ।

त्यस्तै संक्रमितहरुको संख्या ८० हजार ८ सय ४४ रहेको छ । त्यसैगरि कोरोनाको दोस्रो बढी प्रभाव रहेको मुलुक ईटालीमा पछिल्लो २४ घण्टामा १ सय ७५ जनाको मुत्यु हुँदा कुल मृतकको संख्या १ हजार ४ सय ४१ पुगेको छ ।

त्यस्तै ईरानमा ६ सय ११ जनाको मृत्यु भएको छ भने १२ हजार ७ सय २९ जना संक्रमित छन । त्यस्तै दक्षिण कोरियामा ७२ जनाले ज्यान गुमाएका छन भने ८ हजार १ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १० : १९ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का