२० भदौ २०८३, शनिबार | September 5, 2026

कोरोना हालसम्म १५२ देशमा फैलियो, ५,८३९ को मृत्यु, स्पेनका प्रधानमन्त्री पत्नी संक्रमित, अमेरिकी राष्ट्रपति ट्रम्प सुरक्षित



एजेन्सी । विश्वका १ सय ५२ मुलुकमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजका श्रीमति बेगोना गोमेज संक्रमित भएकी छिन ।

प्रधानमन्त्री कार्यालयका अनुसार अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आईरहेको छ । कोरोनाका कारण स्पेनमा अहिलेसम्म १ सय ९६ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या ६ हजार ३ सय ९१ पुगेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।

विश्वभर ५ हजार ८ सय ३९ जनाको ज्यान लिएको कोरोना भाईरसका कारण अहिलेसम्म एक लाख ५६ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि ७५ हजार ९ सय ३२ जना निको भएर घर फर्किएका छन ।

कोरोनाको उद्गम मुलुक चीनमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएका कारण हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ९९ पुगेको छ ।

त्यस्तै संक्रमितहरुको संख्या ८० हजार ८ सय ४४ रहेको छ । त्यसैगरि कोरोनाको दोस्रो बढी प्रभाव रहेको मुलुक ईटालीमा पछिल्लो २४ घण्टामा १ सय ७५ जनाको मुत्यु हुँदा कुल मृतकको संख्या १ हजार ४ सय ४१ पुगेको छ ।

त्यस्तै ईरानमा ६ सय ११ जनाको मृत्यु भएको छ भने १२ हजार ७ सय २९ जना संक्रमित छन । त्यस्तै दक्षिण कोरियामा ७२ जनाले ज्यान गुमाएका छन भने ८ हजार १ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १० : १९ बजे

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १