१८ असार २०८३, बिहिबार | July 2, 2026

पार्टी विभाजन भए नेपाल पक्षले बनाउने पार्टीमा सामेल हुन्छु : वामदेव गौतम



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए आफु माधव नेपाल पक्षले बनाउने पार्टीमा लाग्ने बताएका छन् । उपाध्यक्ष गौतमले नेपाल पक्षले संसदको ४० प्रतिशतसहित पार्टी विभाजित गरेमा वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर अलग पार्टी बनाए आफु त्यो पार्टीमा सामेल हुने स्पष्ट पारेका छन् ।

गौतमको सचिवालयको तर्फबाट बिश्वमणी सुबेदीले भनेका छन्, – ‘यदी उहाँ (खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,’ गौतमको भनाइ छ । गौतमले पार्टी विभाजन नगरि नेपाल पक्षले संचालन गरेको समानान्तर गतिबिधिमा भने आफ्नो समर्थन नरेको समेत बताएका छन् । ‘वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन ।’ गौतमले सचिवालय मार्फत धारणा सार्वजानिक गरेका छन् ।

उपाध्यक्ष गौतमले आफु एमाले अध्यक्ष केपी ओलीको पक्षमा उभिन नसक्ने स्पष्ट पार्दै आफुले ओलीलाई साथ दिन नसक्ने स्पष्ट पारेका छन् । ‘२ जेठ २०७५ अगाडिकै अवस्थामा एमाले सञ्चालन गर्न आग्रह गर्दा अध्यक्ष केपी शर्मा ओली तयार हुनु भएन । त्यसैले म उहाँको साथमा छैन’, गौतमको भनाई उदृढ गर्दै सुबेदीले लेखेका छन् ।

गौतमले अध्यक्ष ओली समक्ष २०७५ जे २ को अवस्थामा पार्टीलाई लैजाने आग्रह गर्दा अध्यक्ष ओलीले आफु जेठ २ भन्दा धेरै अगाडि बढिसकेको भन्दै आफुबाट त्यो काम नहुने जवाफ आएको र गौतमले ओलीलाई आफुले साथ दिन नसक्ने भन्दै बाहिरिएको सुबेदीले जनाएका छन् ।

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  २ : ०१ बजे

ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच

डीआर कंगोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

काठमाडौं । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने