१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कोरोना भाइरसबाट बच्न आज नै यि खानेकुरा खाने गर्नुहोस



काठमाडौ । संसारभर कोरोना भाइरसको संक्रमण फैलिएको छ । नेपालमा एक जनामा देखिएको संक्रमण निको भइसकेको छ । छिमेकी देश भारतमा १ सय ५ जना भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अर्को छिमेकी देश चीनको वुहान त मुहान नै भयो ।

यस्तोमा चिकित्सकहरुले खानेकुरा के खाने, के नखाने ? भन्ने बारेमा विभिन्न सल्लाह दिएका छन् । कोरोनाको महामारीबाट बच्नका लागि आफ्नो रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउँदै जानुपर्छ । त्यसैले विभिन्न यी खानेकुरा सेवनका लागि चिकित्सकको सल्लाह छ ।

चिनियाँ वैज्ञानिकहरुको अनुसन्धानमा कोरोना भाइरसको संक्रमण वृद्धवृद्धामा भएमा मृत्युदर धेरै हुन्छ । बुढाबुढी, बालबालिका र शारीरिकरुपमा कमजोर भएकाहरुलाई यो रोगको संक्रमण छिटो हुन्छ र मृत्युदर पनि बढी नै हुन्छ ।

त्यसैले एन्टीभाइरल फूडको सेवन गर्नुपर्छ । जसले हाम्रो रोगसँग लड्ने रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउँछ र भाइरसको संक्रमण रोक्न सुरक्षा प्रदान गर्छ ।

नरिवलको तेल

चिकित्सकहरुले घरमा खाना बनाउने समयमा अन्य रिफाइण्ड भन्दा भपनि नरिवलको तेलको प्रयोग गर्न सल्लाह दिएका छन् । यसमा लान्रिक एसिड र क्याप्रिलिक एसिड पाइन्छ । जसले हाम्रो इम्युनिटी सिस्टमलाई बलियो बनाउँछ ।

भिटामिन सी

एण्टीअक्सिडेन्टले भरिपूर्ण भिटामिन सीले पनि इम्युन सिस्टमलाई बलिायो बनाएर भाइरसबाट बचाउँछ । त्यसैले तपाइँले आफ्नो दैनिक खानेकुरामा अमला, सिमलामिर्च, सुन्तला, अम्बा, मेवा, किवी, भुटुकलगायतका फलफूल खानुपर्छ ।

अमिलो फल

अंगुर, काफल, किम्बु, ऐँसेलु, स्टेबेरी, डार्क चकलेटलगायतका खानेकुराले पनि भाइरसबाट बचाउँछन् । यी फलफूलले परावैजनी किरण र फङ्गल इन्फेक्सनमात्र होइन, विभिन्न प्रकारका भाइरसबाट हाम्रो शरीरलाई सुरक्षा दिन्छन् ।

स्टार सौफ

स्टार सौँफलाई पनि एन्टीभाइरल खानेकुरामा लिने गरिन्छ । तर नेपाल जस्ता देशमा यो सजिलै फाउन मुस्किल पर्छ । यसमा शिकिमक एसिड पाइन्छ । जसले भाइरल इन्फुएलन्जालगायतका भाइरसलाईसमेत नियन्त्रण गर्छ ।

अदुवा

अदुवा पनि एन्टीभाइरल खानेकुरा हो । यसलाई नेपालमा सजिलै पाउन सकिन्छ । त्यसैले खानेकुरा र पिउनेकुरामा यसको प्रयोग गर्नुस् । दिनमा तीन चार पटक अदुवाको सेवनले इम्युन सिस्टम बलियो हुन्छ ।

तुलसी

गाउँघरमा सजिलै पाउने तुलसीको प्रयोग पनि एन्टीभाइरलको रुपमा गरिन्छ । यसमा म्युनिटी पावर बढाउने तत्व धेरै हुन्छ । त्यसैले बिहान एक चच्चा तुलसीको धुलो लिँदा इम्युनिटी सिस्टम राम्रो हुन्छ । त्यसैले यसलाई रोगप्रतिरोधात्मक बुटीकारुपमा पनि लिने गरिन्छ ।

लसुन

लसुनलाई पनि एन्टीभाइरल खानेकुरा मानिन्छ । यसमा रोगप्रतिरोधात्मक क्षमता बढाउने तत्व भरपूर मात्रामा पाइन्छ । दैनिक एक चम्चा लसुनको पेष्ट सेवनले रोगबाट बचाउन सहयोग गर्छ ।

कागती

कागतीमा पनि भिटामिन सी भरपूर मात्रामा पाइन्छ । यसमा पाइने एन्टीअक्सिडेन्टले हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्छ ।

ग्रिन-टी

ग्रिन-टीमा पनि एन्टीअक्सिटेन्ट तत्व पाइन्छ । यसको सेवनले एन्टीभाइरलको काम गर्छ । त्यसैले खाना आसपासको समयमा ग्री-नटीको प्रयोग गर्नुपर्छ । यो खाली पेटमा भने खानु हुँदैन ।

के नखाने त ?

कोरोना भाइरसको कुरा मात्र होइन् अन्य भाइरलविरुद्धमा पनि विभिन्न खानेकुराले भाइरसलाई नै सहयोग गरिरहेका हुन्छन् । चिकित्सकहरुले विभिन्न खानेकुरा नखान सुझाव दिएका छन् । काँचो मासु, मासुजन्य अन्य परिकार, काँचो अण्डा खानु हुँदैन ।

यस्ता खानेकुराहरु राम्रोसँग पकाएर मात्र खानुपर्छ । सामान्य बजारमा पाइने हरिया सागसब्जी पनि काँचो खानु हुँदैन । हरियो सागसब्जी राम्रोसँग धोएरमात्र पकाउनुपर्छ । हरियो सागहरुको प्रयोगले स्वास्थ्यले फाइदा हुन्छ । तर हापबोइल हुनेकुराहरु खानु हुँदैन । सकभर राम्रोसँग पकाएर मात्र खानुपर्छ ।

हामीले जानकारी दिएका खानेकुरा त इम्युनो सिस्टमलाई बलियो बनाउनका लागि मात्र हो । त्यसैले अन्य सुरक्षाका उपाय पनि हामीले अपनाउनु पर्छ । जसले तपाईँलाई जुनसुकै भाइरल संक्रमण नहोस् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : ४३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले