१४ माघ २०८२, बुधबार | January 28, 2026

पाकिस्तानमा कोरोना संक्रमणबाट दुई सयभन्दा बढी चिकित्सकको मृत्यु



काठमाडौं । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट पाकिस्तानमा हालसम्म २०२ चिकित्सकको मृत्यु भएको पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए)ले जानकारी दिएको छ ।

मृतकमध्ये २४ मेडिकल अधिकृत, १९ चिकित्सक र १३ बालरोग विशेषज्ञ तथा केही नाक, कान, घाँटी विशेषज्ञलगायत रहेको पीएमएले जनाएको छ । चिकित्सकको अग्रमोर्चामा रहेर काम गर्ने शिलशिलामा मृत्यु भएको पीएमएले जानकारी गराएको छ ।

पीएमएले कोरोनाभाइरसबाट निधन भएका चिकित्सकको परिवारलाई क्षतिपूर्ति ‘सुहुदा प्याकेज’ दिन पाकिस्तानी सरकारसँग आग्रह गरेको पाकिस्तानी अङ्ग्रेजी पत्रिका ‘द न्युज इन्टरनेसनल’ले जनाएको छ ।

मृतकमध्ये ७४ चिकित्सक पञ्जाब राज्यका थिए भने ६४ सिन्धका थिए । त्यसैगरी, ५३ जना खैबर पख्तुंख्वाका रहेका छन् भने पाँच बालोचिस्तान र तीन चिकित्सक पाकिस्तान प्रशासित कश्मिर ९पीओके० का तथा एक गिलगित-बाल्टिस्तानका रहेका ‘द न्युज इन्टरनेसनल’को रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : ०१ बजे

बारामा एकै परिवारका आमा-छोराको निर्मम हत्या, बाबु र छोरी गम्भीर घाइते

वीरगन्ज । बारा जिल्लामा एकै परिवारका आमा र छोराको धारिलो

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी ।बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा

बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ । मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा