२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड उपाधि नजिक



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको गएरातिको खेल जित्दै शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिड उपाधि नजिक पुगेको छ ।

रियल सोसिडाडलाई हराउँदै एट्लेटिकोले स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना बलियो बनाएको हो ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बुधबार राति सम्पन्न खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २-१ ले पराजित गरेको हो । जितसँगै अंक तालिकामा ४ अंकको अग्रतासहित उपाधि जित्ने सम्भावना बलियो बनाएको हो ।

खेलको १६ औं मिनेटमा यानिक करास्कोको गोलमा एट्लेटिकोले अग्रता बनाएको थियो । त्यस्तै २८ औं मिनेटमा लुइस स्वारेजको पासमा एञ्जेल कोरेराले गोल थप्दा पहिलो हाफमै एट्लेटिको दुई गोलले अघि रह्यो ।

उता सोडिडाडले दोस्रो हाफमा गोल फर्कायो । खेलको ८३ औं मिनेटमा इगोर जुबेल्डियाले गोलगर्दै सोसिडाडलाई खेलमा फर्काउन चाहेका थिए । तर त्यसपछि अर्को गोल थप्न नसक्दा सोसिडाडले अंक खोस्न सकेन ।

एट्लेटिकोको ३६ खेलबाट ८० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ७६ तथा तेस्रो स्थानमा रहेको रियल मड्रिडको ७५ तथा अंक छ । तेसो स्थानको रियलले एक खेल कम खेलेको छ । एट्लेटिकोले सन् २०१४ यता उपाधि जितेको छैन ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : ०८ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री