६ श्रावण २०८३, बुधबार | July 23, 2026

नेपालमा कोरोना कहर : भदौसम्म मृतकको संख्या ४२ हजार पुग्ने प्रक्षेपण



काठमाडौं । कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजार जनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ ।

अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र ‘इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभालुएसन (आइएचएमई)’ ले महामारीको विभिन्न नतिजाका आधारमा यस्तो प्रक्षेपण गरेको हो । उक्त संस्थाले विश्वका २३० स्थानमा महामारीको गणितीय प्रक्षेपण गर्दै आएको छ ।

प्रक्षेपण गर्दा निषेधाज्ञा, मृतक संख्या, संक्रमित संख्या, अस्पताल भर्ना दर, जनसंख्याको कति प्रतिशतले मास्क लगाएको छ जस्ता आधार तय गरिएको थियो । कोरोना महामारी सुरु भएयता बुधबारसम्म नेपालमा ४ हजार २५२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८ संक्रमितको मृत्यु भएकोे छ । मंगलबार सर्बाधिक २२५ जनाको मृत्यु भएको थियो । त्यस्तै सोमबार १३९ जनाको मृत्यु भएको थियो ।

सघन उपचार कक्षमा उपचारत बिरामीको संख्या मंगलबार १ हजार ८४ रहेकोमा बुधबार यो संख्या बढेर १ हजार २४१ पुगेको छ । मन्त्रालयका अनुसार २८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पिसिआर र एन्टिजेन गरी २० हजार ७८६ जनाको परीक्षण गरिएकोमा ९ हजार ३०५ अर्थात् ४४ प्रतिशतमा संक्रमण देखिएको छ ।

सक्रिय संक्रमितको संख्या बुधबार १ लाख नाघेको छ । मन्त्रालयका अनुसार नेपालमा मृत्युदर १ दशमलब ३ प्रतिशत पुगेको छ । मृत्यु हुने संख्या मंगलबारसम्म उमेरगत हिसाबले ६० वर्ष नाघेका ५८ दशमलब ३९ प्रतिशत र ३० देखि ५९ वर्ष उमेर समूहमा ३७ दशमलब ४१ प्रतिशत छ । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : ४८ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क