१९ असार २०८३, शुक्रबार | July 3, 2026

रामेश्वर थापाको घरमा ओली-नेपाल वार्ता



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको छ ।

काठमाडौंको बुढानिलकण्ठ चपलीस्थित अन्नपूर्णपोष्ट दैनिकका सञ्चालक रामेश्वर थापाको घरमा भेटवार्ता भएको हो । एमाले पार्टीभित्रको विवाद सांसदहरुको सामुहिक राजीनामाको अवस्थामा पुग्दै गरेको बेलामा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।

एमालेको नेपाल खनाल पक्षले पार्टीलाई जेठ २, २०७५ अघिको अवस्थामा फर्काउनुपर्ने शर्त राखेको छ । अपरान्ह ४ बजेसम्म माग पुरा नभए सामुहिक राजीनामा दिने अल्टिमेटम सो पक्षले राखिरहेको छ ।

सांसदहरुले राजीनामा दिए आफ्नो सरकार गिर्ने भएका कारण पनि अध्यक्ष ओली र उनी निकट नेताहरुले नेपाल खनाल पक्षलाई फकाउन प्रयास जारी राखेका छन् । बिहीबार बिहान मात्रै अर्थमन्त्री विष्णु पौडेल ओलीको सन्देश लिएर नेपाललाई भेट्न उनकै निवास पुगेका थिए ।

एमालेको बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फिर्ता गरेको थियो । यसअघि ओलीले चार नेताले अरुको एजेण्डा बोेकेर एमाले ध्वंस गर्न लागेको भन्दै ६ महिनासम्म पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  २ : ४६ बजे

‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको