५ पुस २०८२, शनिबार | December 20, 2025

रामेश्वर थापाको घरमा ओली-नेपाल वार्ता



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको छ ।

काठमाडौंको बुढानिलकण्ठ चपलीस्थित अन्नपूर्णपोष्ट दैनिकका सञ्चालक रामेश्वर थापाको घरमा भेटवार्ता भएको हो । एमाले पार्टीभित्रको विवाद सांसदहरुको सामुहिक राजीनामाको अवस्थामा पुग्दै गरेको बेलामा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।

एमालेको नेपाल खनाल पक्षले पार्टीलाई जेठ २, २०७५ अघिको अवस्थामा फर्काउनुपर्ने शर्त राखेको छ । अपरान्ह ४ बजेसम्म माग पुरा नभए सामुहिक राजीनामा दिने अल्टिमेटम सो पक्षले राखिरहेको छ ।

सांसदहरुले राजीनामा दिए आफ्नो सरकार गिर्ने भएका कारण पनि अध्यक्ष ओली र उनी निकट नेताहरुले नेपाल खनाल पक्षलाई फकाउन प्रयास जारी राखेका छन् । बिहीबार बिहान मात्रै अर्थमन्त्री विष्णु पौडेल ओलीको सन्देश लिएर नेपाललाई भेट्न उनकै निवास पुगेका थिए ।

एमालेको बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फिर्ता गरेको थियो । यसअघि ओलीले चार नेताले अरुको एजेण्डा बोेकेर एमाले ध्वंस गर्न लागेको भन्दै ६ महिनासम्म पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  २ : ४६ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र