५ पुस २०८२, शनिबार | December 20, 2025

बहुमत सहित सरकार गठन गर्न कसैले दावी प्रस्तुत नगरेको राष्ट्रपति कार्यालयबाट जानकारी



काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले बहुमत सहित सरकार गठन गर्न ३ दिन अघि गरेको समयसीमा भित्र कसैले दाबी गर्न नआएको राष्ट्रिपति कार्यालयले जनाएको छ । बिहीबार साँझ नौ बजेको समय सीमाभित्र कुनै पनि दलले बहुमतको सरकारको लागि दाबी पेश नगरेको राष्ट्रपति कार्यालयले सुचना मार्फत जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।

तर, विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि समयावधिभित्र दाबी पेस गर्न सकेन । तीन दिनको यो अवधिमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले घनिभुत प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । आज साँझ सम्मपनि बहुमत पुग्ने अवस्था नभएपछि अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका थिए । अब ७६ (३) बमोजिम केपी ओलीले नै सबैभन्दा ठूलो हैसियतले सरकार गठन गर्ने ढोका खुलेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ९ : ४७ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र