२० मंसिर २०८२, शनिबार | December 6, 2025

उद्योग बाणिज्य संघका महासचिव भन्छन् – स्थानीय प्रशासनको लकडाउन ‘ल्याङ्गल्याङ्गे’



नेपालगन्ज । स्वास्थ्य सुरक्षा अपनाएर ब्यापार व्यवसाय सुचारु गर्न र जारी लकडाउनलाई नरम बनाउन ब्यवसायीहरुको माग आईरहेका बेला नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरन्जिवी ओलीले भने स्थानीय प्रशासनको लकडाउनलाई ‘ल्याङ्गल्याङ्गे’ लकडाउनको संज्ञा दिएका छन् । उनले आज सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै हप्ता दश दिन पूर्णरुपमा ठप्प हुने गरि लकडाउन गर्न माग गर्दै ‘ल्याङ्गल्याङ्गे’ लकडाउनको अर्थ नरेको बताएका छन् ।

महासचिव ओलीले हप्ता दस दिन पूर्ण रूपमा ठप्प हुने गरी लकडाउन गर्न र त्यसपछी बजारलाई साबधानीका साथ पूर्ण स्वास्थ्य मापदण्ड पालन गर्ने गरी बिस्तारै चलायमान गर्ने योजना बनाउनु पर्ने सुझाव समेत दिएका छन् । ‘संक्रमित दर र मृत्यु दर हेर्दा यो ल्याङ्ग ल्याङ्गे लक डाउन जति थप्दै गयपनी खासै तात्विक असर परेको जस्तो लाग्दैन ।’ उनले भनेका छन् , ‘अहिलेको लकडाउन वा लामो समयको लक डाउनले अर्थतन्त्र ध्वस्त हुदैजान्छ ।’

ओलीले लकडाउनले कोरोनाको ‘चेनब्रेक’ भयको छ त ? भनेर प्रश्न समेत गरेका छन् । चेन ब्रेक पछि बजार चलायमान जरूरी भएको उनको भनाई छ ।

कोरोना संक्रमणको दोस्रो लहरले बिकरालरुप लिँदै गएपछि नेपालमा बाँकेको नेपालगन्ज उपमहानगरबाट पहिलो निषेधाज्ञाको सृङ्खला सुरु भएको थियो । बैशाखको पहिलो साता नेपालगन्ज उपमहानगरबाट सुरु भएको निषेत्राज्ञा बैशाख १३ गतेबाट बाँके जिल्लाभरी हुँदै अहिले मुलुकका ७३ जिल्लामा जारी छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ९ : ४७ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले