१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

उद्योग बाणिज्य संघका महासचिव भन्छन् – स्थानीय प्रशासनको लकडाउन ‘ल्याङ्गल्याङ्गे’



नेपालगन्ज । स्वास्थ्य सुरक्षा अपनाएर ब्यापार व्यवसाय सुचारु गर्न र जारी लकडाउनलाई नरम बनाउन ब्यवसायीहरुको माग आईरहेका बेला नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरन्जिवी ओलीले भने स्थानीय प्रशासनको लकडाउनलाई ‘ल्याङ्गल्याङ्गे’ लकडाउनको संज्ञा दिएका छन् । उनले आज सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै हप्ता दश दिन पूर्णरुपमा ठप्प हुने गरि लकडाउन गर्न माग गर्दै ‘ल्याङ्गल्याङ्गे’ लकडाउनको अर्थ नरेको बताएका छन् ।

महासचिव ओलीले हप्ता दस दिन पूर्ण रूपमा ठप्प हुने गरी लकडाउन गर्न र त्यसपछी बजारलाई साबधानीका साथ पूर्ण स्वास्थ्य मापदण्ड पालन गर्ने गरी बिस्तारै चलायमान गर्ने योजना बनाउनु पर्ने सुझाव समेत दिएका छन् । ‘संक्रमित दर र मृत्यु दर हेर्दा यो ल्याङ्ग ल्याङ्गे लक डाउन जति थप्दै गयपनी खासै तात्विक असर परेको जस्तो लाग्दैन ।’ उनले भनेका छन् , ‘अहिलेको लकडाउन वा लामो समयको लक डाउनले अर्थतन्त्र ध्वस्त हुदैजान्छ ।’

ओलीले लकडाउनले कोरोनाको ‘चेनब्रेक’ भयको छ त ? भनेर प्रश्न समेत गरेका छन् । चेन ब्रेक पछि बजार चलायमान जरूरी भएको उनको भनाई छ ।

कोरोना संक्रमणको दोस्रो लहरले बिकरालरुप लिँदै गएपछि नेपालमा बाँकेको नेपालगन्ज उपमहानगरबाट पहिलो निषेधाज्ञाको सृङ्खला सुरु भएको थियो । बैशाखको पहिलो साता नेपालगन्ज उपमहानगरबाट सुरु भएको निषेत्राज्ञा बैशाख १३ गतेबाट बाँके जिल्लाभरी हुँदै अहिले मुलुकका ७३ जिल्लामा जारी छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ९ : ४७ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट