१ बैशाख २०८३, मंगलबार | April 15, 2026

भारतमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु



काठमाडौ ।  भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । ती व्यक्ति दुबईको यात्राबाट फर्किएका जनाइएको छ ।

भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए । कोरोना भाइरसको कारण सङ्क्रमित भई मृत्यु भएको तेस्रो व्यक्ति भारतको पश्चिमी राज्य महाराष्ट्रका भएका जनाइएको छ ।

गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको भारतले घोषणा गरेको थियो । ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको थियो । यस अघि मृत्यु भएका दुबै व्यक्ति पनि महिला भएका जनाइएको छ । भारतमा कोरोना भाइरसका कारण हालसमम तीन व्यक्तिको मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या १२५ पुगेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ३ : ४७ बजे

खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

काठमाडौँ । आज विक्रम संवत् २०८३ वैशाख १ गते नयाँ

प्रधानमन्त्री शाहले बुधबार सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

नेपालगन्ज । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८००

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …..

काठमाडौँ । ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक

नयाँ वर्षमा मस्त झुम्यो पोखरा

पोखरा । नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा