७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अफ्रिकामा कोरोना संक्रमितको सङ्ख्या ४६ लाखभन्दा बढी पुग्यो



काठमाडौं । अफ्रिकामा पुष्टि भएका कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ४६ लाख ७७ हजार ७९८ पुगेको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शनिबार जानकारी गराएको छ ।

अफ्रिकामा कोभिड-१९ को महामारीबाट प्रभावित सङ्क्रमितमध्ये ४२ लाख ३२ हजार ९७४ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु भएका सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ८९० पुगेको ५५ सदस्यीय अफ्रिकी युनियनको विशेष स्वास्थ्य निकाय, अफ्रिका सीडीसीले पुष्टि गरेको छ ।

अफ्रिका सीडीसीका अनुसार दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया, इथियोपिया र इजिप्ट देशहरू महादेशमा सबैभन्दा बढी सङ्क्रमित हुने देशहरू हुन । सङ्क्रमित सङ्ख्याको हिसाबले दक्षिण अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।

उत्तर अफ्रिका र पूर्वी अफ्रिकी मुलुकहरू पनि बढी प्रभाबित रहेका छन भने यस महाद्वीपमा मध्य अफ्रिका सबैभन्दा कम प्रभावित क्षेत्र हो ।

दक्षिण अफ्रिकामा शनिबारसम्म १६ लाख आठ हजार ३९३ सङ्क्रमित फेला परेका छन भने दोस्रो बढी प्रभाबित मानिएको अफ्रिकी मुलुक मोरक्कोमा पाच लाखभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ६ : १९ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ