७ चैत्र २०८२, शनिबार | March 21, 2026

मणिमुकुन्द सेन उद्यान (फुलबारी)मा पार्क सम्मेलन र मूर्तिकला कार्यशाला हुने



बुटवल । आन्तिक तथा बाह्य पर्यटनको प्रमुख गन्तव्य बनेको बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलबारी) लाई सौन्दर्यकरण र पर्यटकको आकर्षण बढाउन मूर्तिकला कार्यशाला र पार्क सम्मेलन हुने भएको छ । फूलबारीले यहीँ चैत १४ गतेदेखि ३० गतेसम्म मुनामदन राष्ट्रिय कार्यशाला आयोजना गरेको हो ।

त्यस्तै कार्याशालाको अन्तिम समयतिर चैत २९ गते प्रदेश नम्बर पाँच स्तरीय पार्क सम्मेलन गर्न लागिएको हो । पार्क सम्मेलनमा देशभरका पर्यटकीय पार्कहरूको विकास र पवद्र्धन गर्न दुई सम्मेलन राखिएको मणिमुकुन्द सेन उद्यान (फुलबारीका अध्यक्ष खेमप्रसाद लुइटेलले जानकारी दिनुभयो ।

मूर्तिकला कार्याशालामा राष्ट्रिय स्तरका करिब २० जना दक्ष कलाकारहरुले १७ दिनसम्म मुनामदन बाटिकामा प्रेम प्रतिक झल्किने आकृतिका विविध मुर्तिहरु कुद्ने छन् । पार्क सम्मेलनमा ५ नम्बर प्रदेश स्तरका सम्बन्धित करिब १ सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहने छ ।

सम्मेलनमा पार्क, पर्यटन र आर्थिक संमृद्वि विषयमा कार्यपत्र, सरकारी नीति तथा योजनामा पार्क र आगामी योजना विषयमा कार्यपत्र, प्रदेश स्तरीय पार्क समन्वय समितिको गठन र पार्कको विकाससंग सम्बन्धित रहेर बुटवल घोषणपत्र जारी गरिने छ । फुलबारी पार्कको रुपमा विकास भईरहेको छ । यहाँ दैनिक हजारौ पर्यटकहरु भ्रमणका लागि आउँछन ।

बुटवल उपमहानगरपालिका–२ पुरानो बटौली क्षेत्रमा उद्यान छ । मणिमुकुन्द सेन दरबारसमेत रहेको ऐतिहासिक र पुरातात्विक स्थलका रूपमा रहेको फूलबारीमा प्राकृतिक दृश्य अवलोकन गर्ने वातावरण छ । पहाडको काखमा र बुटवलदेखि केही माथिल्लो भूभागमा रहेको उद्यानमा फूलेका थरिथरीका आकर्षण देख्दा त्यहाँ पुग्ने सबैको मन तान्छ ।

उद्यान बुटवलको मणिका रूपमा चिनिएको छ । फूलबारीको प्राकृतिक दृश्यावलोकन गरी मनोरम वातावरणमा भुल्न आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ ।

उद्यानमा दरबारको भग्नावशेष क्षेत्र, पुरातात्विक ऐतिहासिक बगैँचा, बालउद्यान छन् । फूलबारीमा सिजनमा दैनिक सयौं पर्यटक आउने गर्छन । फुलबारीलाई आकर्षक बनाउने कामहरु पनि धमाधम भइरहेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : ०० बजे

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको