२१ भदौ २०८३, आइतबार | September 6, 2026

सुदूरपश्चिममा कोरोना संक्रमणबाट एक महिनामा २५९ जनाको मृत्यु



डोटी । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गएको वैशाख महिनामा कम्तीमा २५९ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डा गुणराज विष्टका अनुसार वैशाख १८ गते १०, १९ गते १२, २० गते १४, २१ गते आठ, २२ गते नौ, २३ गते १७, २४ गते १३, २५ गते १५, २६ गते १८, २७ गते १७, २८ गते ३१, २९ गते १४, ३० गते १७ र ३१ गते ३० जना सङ्क्रमितको मृत्यु भएको हो ।

स्वाथ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका सङ्क्रमितको मृत्यु भएको छ । सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनुपरेको स्वाथ्यकर्मीको भनाइ छ । कोरोना भाइरस शुरु भएदेखि हालसम्म यस प्रदेशमा ३१७ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार वैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन् । पछिल्लो पाँच दिनमा मात्रै कोरोनाबाट १०९ जनाको मृत्यु भएको छ ।

यहाँका अस्पतालमा अक्सिजन नपाउँदा तथा कोरोना सङ्क्रमित भएका बिरामी समयमै राम्रो अस्पतालसम्म पुग्न नसकेका कारण ज्यान गुमाउन बाध्य भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : ३९ बजे

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७