२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

नुवाकोटमा दुई जना कोरोना संक्रमितको मृत्यु



नुवाकोट । त्रिशूली अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको निधन भएको छ ।

विदुर–४ बट्टारकी ३२ वर्षीया एक महिलाको कोरोनाको कारण ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या भएपछि गत वैशाख २७ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी महिलाको आज ज्यान गएको अस्पतालले जनाएको छ ।

यस्तै आज नै किस्पाङ गाउँपालिका ५ का ३३ वर्षीय एक पुरुषको अस्पतालमा ज्यान गएको छ । शनिबार अस्पताल भर्ना भएका ती युवकको स्वास्थ्यमा जटिलता थपिए पनि सघन उपचार कक्ष खाली नभएका कारण थप उपचार गर्न नसकी निधन भएको त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए ।

नुवाकोटमा शनिबार २०३ जनाको परीक्षण गर्दा ८२ संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएका छ । हाल जिल्लामा ६६८ सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  १२ : ५५ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार