२० मंसिर २०८२, शनिबार | December 6, 2025

शान्ति समाजको सरकारसंग आग्रह : कोरोनाबारे सचेतना र रोकथामका लागि प्रभावकारी कदम आवश्यक



बुटवल । कोरोना भाइरस रोकथामका लागि प्रभावकारी कदम चाल्न मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले सरकारसंग आग्रह गरेको छ ।

समाजले आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेश पन्थलाइ ज्ञापनपत्र बुझाउदै कालोबजारी नियन्त्रण, बजार अनुगमन तथा कोरोना भाइरस रोकथामका लागि पहल गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो ।

समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री बेडमा निदाएको र मन्त्रीहरु बेकामे जस्तै भएको भन्दै पूर्व सावधानी र प्रयाप्त तयारी नगर्नु सरकारको लाचारीपन भएको दाबि गर्नुभयो ।

उहाले मानव अधिकार तथा शान्ति समाजले आफ्ना सदस्यहरुलाइ स्वयंसेवी तवरमा जिल्ला जिल्लामा परिचालन गर्ने नीति समेत राखेको र सरकारसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले आफुहरुले कोरोनाको सर्तकताका लागि बिभिन्न काम गरिरहेको बताउनुभयो । उहाले कोरोनाको त्रास र अभाब देखाएर कालोबजारी गर्नेलाइ कारबाहि गर्ने समेत उल्लेख गर्नुभयो ।

जिल्ला सभापति डीपी खनालले कालोबजारी रोक्नका लागि अनुगमन कार्य अगाडी बढाउन, आपूर्ति व्यवस्थालाई सहज बनाउन र देशमा कानुन विहिनताको स्थिति उत्पन्न हुन नदिन नागरिक खबरदारीका गर्नका लागि ज्ञापनपत्र बुझाएको बताउनुभयो । सो कार्यक्रममा शान्ति समाजका सहसचिब कपिल ज्ञवाली, सदस्य कृष्ण पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अहिलेसम्म १ सय ६२ देशमा पुगेको छ ।जसका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् ।

७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : ०९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले