१८ असार २०८३, बिहिबार | July 2, 2026

बन्यो एमाले मिलाउने कार्यदल, ओली र नेपाल पक्षका ५/५ जना नेता कार्यदलका सदस्य



काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने नेपाल खनाल पक्षको मागलाई सम्बोधन गर्न कार्यदल बनेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा आइतबार दिउँसो भएको छलफलबाट कार्यदलको टुंगो लागेको हो ।

कार्यदलमा ओली पक्ष र नेपाल पक्षबाट ५/५ जना सदस्य रहेका छन् । ओली पक्षबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । ओली पक्षको नेतृत्व नेम्वाङले गर्नेछन् । यस्तै, नेपाल पक्षबाट भीम रावलको नेतृत्वा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

अध्यक्ष ओलीसँगको छलफलपछि संचारकर्मीसँग कुरा गर्दै नेता नेपालले जेठ २ को अवस्थामा फर्किने गरी थप विषयमा समेत टुंगो लगाउन कार्यदल बनेको जनाए । उनले भने, सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ । मैले तीन दिन भनेको छु, अलि समय बढाउँ भन्ने भएको छ ।’

आफुहरुले भने अनुसार नभए सांसद पदबाट सामुहिक राजीनामा दिने बार्गेनिङ गर्दै आएको नेपाल समुहलाई फकाउन अध्यक्ष ओली सहमत भएपछि गत बिहीबार दुई नेताबीच व्यापारी रामेश्वर थापाको निवासमा छलफल भएको थियो । त्यसपछि नेपाल पक्षका सांसदहरुको राजीनामाको विषय सेलाएको थियो । शुक्रबार सिंहदरबारमा ओली र नेपालपक्षका नेताहरुबीच थप छलफल भएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ३ : ४३ बजे

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६

कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको