३ पुस २०८२, बिहिबार | December 18, 2025

कोरोना भाइरसबाट झण्डै ८ हजारको मृत्यु, १६५ देशमा फैलियो



एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अहिलेसम्म १ सय ६५ देशमा फैलिएको छ भने ७ हजार ९ सय ६५ जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म १ लाख ९८ हजार २ सय २९ जना संक्रमित छन भने ८१ हजार ७ सय ३८ जना निको भैसकेका छन ।

कोरोनाको महामारीका कारण विश्वका थुप्रै मुलुकहरुले आफ्ना मुलुकसंगको जल र स्थल दुवै मार्ग बन्द गरेका छन भने कैयौं मुलुकमा कर्फ्यु लगाइएको छ । चीनपछि कोरोनाको भारी प्रकोप फैलिएको युरोपले आफुलाई विश्वका सबै मुलुकबाट अलग बनाएको छ ।

अहिले त्यहाँको जनजीवन ठप्प छ । अमेरिकाका कैयौं राज्यमा कर्फ्यु लगाईएको छ । संयुक्त राष्ट्रसंघले आफ्ना सबै औपचारिक बैठकहरु स्थगित गरिसकेको छ ।

ईरानले जेलमा रहेको ८५ हजार कैदीहरुलाई अस्थायी रुपमा रिहा गरिसकेको छ । पाकिस्तानमा कोरोनाका कारण पहिलो मृत्यु भएको छ भने अफ्रिकी मुलुक तांजानिया र सोमालियामा पनि प्रकोप पुगिसकेको छ ।

यसैबीच चीनले अमेरिकी मिडिया न्यु योर्क टाईम्स, वाल स्ट्रिट जर्नल र वाशिंगटन पोस्टका पत्रकारहरुमाथी प्रतिबन्ध लगाएको छ । सत्यतथ्य भन्दा पनि भ्रामक समाचार प्रकाशन गरेको चिनले आरोप लगाएको छ ।

चीनबाटै आएको पछिल्लो जानकारी अनुसार त्यहाँका बैज्ञानिकहरुले एक अर्को नयाँ तथ्य पत्ता लगाएका छन । ओ रक्त समुहका मानिसमा कोरोना संक्रमणको खतरा न्युन रहेको र ए रक्त समुहका मानिसमा संक्रमणको खतरा उच्च रहेको चिनियाँ बैज्ञानिक र चिकित्सकहरुले जनाएका छन ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : २७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका