१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

कोरोना भाइरसबाट झण्डै ८ हजारको मृत्यु, १६५ देशमा फैलियो



एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अहिलेसम्म १ सय ६५ देशमा फैलिएको छ भने ७ हजार ९ सय ६५ जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म १ लाख ९८ हजार २ सय २९ जना संक्रमित छन भने ८१ हजार ७ सय ३८ जना निको भैसकेका छन ।

कोरोनाको महामारीका कारण विश्वका थुप्रै मुलुकहरुले आफ्ना मुलुकसंगको जल र स्थल दुवै मार्ग बन्द गरेका छन भने कैयौं मुलुकमा कर्फ्यु लगाइएको छ । चीनपछि कोरोनाको भारी प्रकोप फैलिएको युरोपले आफुलाई विश्वका सबै मुलुकबाट अलग बनाएको छ ।

अहिले त्यहाँको जनजीवन ठप्प छ । अमेरिकाका कैयौं राज्यमा कर्फ्यु लगाईएको छ । संयुक्त राष्ट्रसंघले आफ्ना सबै औपचारिक बैठकहरु स्थगित गरिसकेको छ ।

ईरानले जेलमा रहेको ८५ हजार कैदीहरुलाई अस्थायी रुपमा रिहा गरिसकेको छ । पाकिस्तानमा कोरोनाका कारण पहिलो मृत्यु भएको छ भने अफ्रिकी मुलुक तांजानिया र सोमालियामा पनि प्रकोप पुगिसकेको छ ।

यसैबीच चीनले अमेरिकी मिडिया न्यु योर्क टाईम्स, वाल स्ट्रिट जर्नल र वाशिंगटन पोस्टका पत्रकारहरुमाथी प्रतिबन्ध लगाएको छ । सत्यतथ्य भन्दा पनि भ्रामक समाचार प्रकाशन गरेको चिनले आरोप लगाएको छ ।

चीनबाटै आएको पछिल्लो जानकारी अनुसार त्यहाँका बैज्ञानिकहरुले एक अर्को नयाँ तथ्य पत्ता लगाएका छन । ओ रक्त समुहका मानिसमा कोरोना संक्रमणको खतरा न्युन रहेको र ए रक्त समुहका मानिसमा संक्रमणको खतरा उच्च रहेको चिनियाँ बैज्ञानिक र चिकित्सकहरुले जनाएका छन ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : २७ बजे

माघसम्म पूर्वी नाकाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना

होलीमा सुनिन छाड्यो ‘जोगिरा सररर…!’ , संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर

प्रतिनिधिसभा निर्वाचन : कास्की-२ मा त्रिपक्षीय भिडन्त हुँदै

पोखरा । कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई