१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

राजेन्द्र महतो जसपा संसदीय दलको नेता चयन भएको पत्र संसद सचिवालयमा दर्ता



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता गराएका छन् ।

जसपामा विवाद समाधान गर्ने उद्देश्यले अध्यक्षद्वय ठाकुर र उपेन्द्र महतोले संयुक्त विज्ञप्ति जारी गरे लगत्तै ठाकुरले महतो संसदीय दलको नेतामा चयन भएको पत्र संसद सचिवालयमा दर्ता गराएका हुन् ।

संसद सचिवालयमा ठाकुरले वैशाख ३० गते बसेको संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गरेको उल्लेख गरेका छन् । उनले संघीय संसदीय दलको विधान २०७७ अनुसार दलको नेता चयन गरेको जनाएका छन् । सो पत्रसँगै संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्यूट पनि सचिवालयमा सँगै बुझाइएको पत्रमा उल्लेख गरिएको छ ।

जसपाको पार्टी विधानको धारा २८ को उपधारा ३ मा संसदीय दलको विधान केन्द्रीय कार्यकारिणीबाट पारित हुनुपर्ने उल्लेख गरिएको छ । यादव पक्षका अनुसार अहिलेसम्म संसदीय दलको विधान कार्यकारिणीबाट पारित नै भएको छैन । नक्कली विधान बनाएर त्यसअनुसार नक्कली हस्ताक्षरमा अर्को पार्टीको नेताको रोहवरमा गरिएको संसदीय दलको नेता चयन स्वीकार्य नभएको यादव पक्षले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ३ : ४६ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर