२० बैशाख २०८१, बिहिबार | May 3, 2024

लुम्बिनी प्रदेशको प्रदेशसभाको विशेष अधिवेशनको माग गर्दै दर्ता भएको समावेदन प्रदेश प्रमुखबाट अस्विकृत



बुटवल । लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावमाथि छलफल गर्ने गरि विपक्षी गठबन्धनको तर्फबाट प्रदेशसभाको अधिवेशन बोलाउन परेको निवेदनलाई प्रदेश प्रमुख धर्मनाथ यादवले अस्वीकृत गरिदिएका छन् । आज प्रदेश प्रमुख यादवले प्रदेशसभाका सभामुखलाई पत्राचार गर्दै संविधान अनुसार अधिवेशन आव्हान गर्न नमिल्ने जानकारी दिएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका २ सांसद समेतले प्रदेशसभामा अविश्वासको प्रस्ताव र प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशन आह्वानका लागि समावेदन गरेका थिए ।

२६ वैशाखमा दिएको निवेदनका सम्बन्धमा धारा ११ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हाल अधिवेशन आव्हान गर्न मिल्ने अवस्था नदेखिएको प्रदेश प्रमुख कार्यालयले प्रकाशित सुचनामा उल्लेख छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ५ : ३१ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक