२ पुस २०८२, बुधबार | December 18, 2025

सरकारले आगामी अप्रिल ३० सम्मभीडभाड हुने सबै ठाउँ बन्द गर्ने निर्णय : २५ जना बढी मानिस भेला हुन नपाउने (पत्रसहित)



काठमाडौ । कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट जोगिन ‘कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ ले आगामी अप्रिल ३० सम्म भीडभाड हुने सबै ठाउँ बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित यस समितिको बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थल, डान्सवार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै बैठकले कोरोनाबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने प्रस्ताव गरेको छ ।

त्यस्तै बैठकले अत्यावश्यक काममा बाहेक हिडडुल नगर्ने, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरु पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मज्दि, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिस भेला हुन बन्द गर्ने प्रस्ताव गरेको छ ।

बैठकले कोरोना संक्रमणबाट जोगिन तथा संक्रमित भएमा अपनाउने पर्ने साबधानीबारे १४ बुँदे प्रस्ताव गरेको हो ।

त्यस्तै बैठकले सबै मुलुकहरु, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च मध्येरातीदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने प्रस्तावसमेत गरेको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ४ : ४६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल