२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

४ प्रतिशत आर्थिक वृद्धि कठिन



काठमाडौं । कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड संक्रमण नियन्त्रणार्थ निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने नेपाल राष्ट्र बैंकको ठम्याइ छ ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको थियो । तर, केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आर्थिक वृद्धि आधारभूत मूल्यमा ३.९८ प्रतिशत अनुमान हालै सार्वजनिक गरेको थियो । निरन्तर निषेधाज्ञा हुन थालेपछि राष्ट्र बैंकले मौद्रिक नीति त्रैमासिक समीक्षामार्फत ४ प्रतिशत आर्थिक वृद्धि कठिन हुने संकेत दिएको हो ।

यो विश्व अर्थतन्त्रको औसतभन्दा निकै कम हो । विकसितलगायत धेरै देशमा कोभिडविरुद्ध खोप सुरु भएको र आर्थिक पुनरुत्थानका लागि खुकुलो वित्त एवं मौद्रिक नीति अवलम्बन गरिएको छ । यही कारण विश्व अर्थतन्त्र पुनरुत्थानतर्फ अघि बढेको राष्ट्र बैंकले जनाएको छ ।

सन् २०२० मा ३.३ प्रतिशतले संकुचनमा गएको विश्व अर्थतन्त्र सन् २०२१ मा ६ प्रतिशतसम्मले विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ । मुद्रा कोष र अन्य विकास साझेदार संस्थाले नेपालको आर्थिक पुनरुत्थान बाँकी विश्वको तुलनामा कम्तीमा एक वर्ष ढिला हुने प्रक्षेपण गरेका थिए ।

चालू वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत मात्र हुने विश्व बैंकले प्रक्षेपण गरिसकेको छ । नेपाल विकास अपडेट प्रतिवेदनको पछिल्लो संस्करण सार्वजनिक गर्दै उसले सो आँकलन गरेको हो ।

सामाजिक दूरी मापदण्ड खुकुलो र अनुकूल मनसुन अपेक्षासहित आर्थिक वर्ष २०७८/७९ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र विस्तार हुने सो प्रतिवेदनले औंल्याएको थियो । आर्थिक वर्ष २०७५/७६ मा ७ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा २०७६/७७ मा २.२८ प्रतिशतमै सीमित रह्यो । राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ७ : ०१ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित