२४ बैशाख २०८१, सोमबार | May 6, 2024

चीनको सिचुवान प्रादेशिक सरकारले उपलब्ध गराएका स्वास्थ्य सामाग्री काठमाडौं आइपुगे



काठमाडौं । चीनको सिचुवान प्रादेशिक सरकारले उपलब्ध गराएका स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेका छन् ।

चिनियाँ राजदूत होउ यान्छीले ट्वीट गर्दै ती स्वास्थ्य उपकरण काठमाडौं आइपुगेको जनाएकी छिन् । नेपालको कोरोना महामारी नियन्त्रणमा चीन सरकारले सहयोग गर्दै आएको छ ।

सिचुवान सरकारले उपलब्ध गराएका स्वास्थ्य सामाग्री चिनियाँ जहाजबाटै काठमाडौं ल्याइएको हो । सिचुवान सरकारले आफ्नै खर्चमा २०० थान अक्सिजन जेनेरेटर, अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामाग्री काठमाडौं ल्याइदिएको हो ।

चीनले उपलब्ध गराएको अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामाग्री पनि नेपाल एयरलाइन्सको विमानले ल्याइरहेको छ । चीन सरकारले २० हजार सिलिण्डर अनुदान सहयोग दिएको छ ।

https://twitter.com/PRCAmbNepal/status/1394899978540052480

चीनले नेपाललाई कोरोना विरुद्धको खोप पनि उपलब्ध गराउने प्रतिद्धवता जनाएको छ । तत्कालै ५० लाख डोज खोप नेपाललाई दिनसक्ने गरी चिनियाँ अधिकारीहरुले बेइजिङमा नेपाली दूतावाससँग सम्पर्कमा रहे पनि नेपाल सरकारले भने त्यसबारे चासो नै देखाएको छैन । बरु, भारतले अर्को ८ महिनासम्म दिन नसक्ने जनाइसकेको भारतीय कोभिसिल्ड खोपकै कमिशन चक्करमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु रमाइरहेका छन् ।

बेइजिङस्थित नेपाली दूतावासले केही दिन अघि नै परराष्ट्रमन्त्रालयमार्फत चिनियाँ खोप ल्याउने प्रक्रिया अघि बढाउन सुझाव दिँदै आफुहरु तयारी अवस्थामा रहेको जनाएको थियो । तर, खोप खरिदको जिम्मा पाएको स्वास्थ्य सेवा विभागले भने चिनियाँ खोप उत्पादक कम्पनी सिनोफार्मसँग पत्राचार गर्ने ठेगाना नै नपाएको भन्दै टक्टकिएको छ ।

भारतले दिनै नसक्ने खोपमा तथाकथित परनिर्भरता देखाउँदा महामारी नियन्त्रणका लागि खोप लगाउनै पर्ने अवस्था झन पछि सर्दै गएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १२ : ४१ बजे

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम