२५ श्रावण २०८३, सोमबार | August 10, 2026

चीनको सिचुवान प्रादेशिक सरकारले उपलब्ध गराएका स्वास्थ्य सामाग्री काठमाडौं आइपुगे



काठमाडौं । चीनको सिचुवान प्रादेशिक सरकारले उपलब्ध गराएका स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेका छन् ।

चिनियाँ राजदूत होउ यान्छीले ट्वीट गर्दै ती स्वास्थ्य उपकरण काठमाडौं आइपुगेको जनाएकी छिन् । नेपालको कोरोना महामारी नियन्त्रणमा चीन सरकारले सहयोग गर्दै आएको छ ।

सिचुवान सरकारले उपलब्ध गराएका स्वास्थ्य सामाग्री चिनियाँ जहाजबाटै काठमाडौं ल्याइएको हो । सिचुवान सरकारले आफ्नै खर्चमा २०० थान अक्सिजन जेनेरेटर, अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामाग्री काठमाडौं ल्याइदिएको हो ।

चीनले उपलब्ध गराएको अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामाग्री पनि नेपाल एयरलाइन्सको विमानले ल्याइरहेको छ । चीन सरकारले २० हजार सिलिण्डर अनुदान सहयोग दिएको छ ।

https://twitter.com/PRCAmbNepal/status/1394899978540052480

चीनले नेपाललाई कोरोना विरुद्धको खोप पनि उपलब्ध गराउने प्रतिद्धवता जनाएको छ । तत्कालै ५० लाख डोज खोप नेपाललाई दिनसक्ने गरी चिनियाँ अधिकारीहरुले बेइजिङमा नेपाली दूतावाससँग सम्पर्कमा रहे पनि नेपाल सरकारले भने त्यसबारे चासो नै देखाएको छैन । बरु, भारतले अर्को ८ महिनासम्म दिन नसक्ने जनाइसकेको भारतीय कोभिसिल्ड खोपकै कमिशन चक्करमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु रमाइरहेका छन् ।

बेइजिङस्थित नेपाली दूतावासले केही दिन अघि नै परराष्ट्रमन्त्रालयमार्फत चिनियाँ खोप ल्याउने प्रक्रिया अघि बढाउन सुझाव दिँदै आफुहरु तयारी अवस्थामा रहेको जनाएको थियो । तर, खोप खरिदको जिम्मा पाएको स्वास्थ्य सेवा विभागले भने चिनियाँ खोप उत्पादक कम्पनी सिनोफार्मसँग पत्राचार गर्ने ठेगाना नै नपाएको भन्दै टक्टकिएको छ ।

भारतले दिनै नसक्ने खोपमा तथाकथित परनिर्भरता देखाउँदा महामारी नियन्त्रणका लागि खोप लगाउनै पर्ने अवस्था झन पछि सर्दै गएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १२ : ४१ बजे

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका