२० बैशाख २०८१, बिहिबार | May 2, 2024

इन्द्रेणीद्वारा अनाथ, असहाय र दृष्टिविहीनलाई सहयोग



बुटवल । बुटवल सुख्खनगर धर्मपथमा रहेको इन्दे्रणी बहुउद्देश्य सहकारी संस्थाले आफ्नो स्थापनाको २५ वर्ष विभिन्न रचनात्मक कार्यक्रम गरेको मनाएको छ । सहकारीले अनाथ, असहाय तथा दृष्टि बिहीनलाई शैक्षिक सामग्री, खाद्यान्न तथा लत्ता कपडा वितरण गरेर स्थापना दिवस मनाएको हो ।

सहकारीले बुटवल–७ दीपनगरमा रहेको सन्तोषी माता गुरुकुल विद्यापिठ निलकण्ठ बाबाधामका बटुक विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गर्याे । सहकारीका अध्यक्ष धुर्वकुमार घितालले विद्यापिठका उपाध्यक्ष चुरामणी पौडेललाई बटुकका लागि सहयोग गरिएका कपि कलम तथा खाद्यान्न हस्तान्तरण गर्नु भएको हो । यस्तै संस्थाले बुटवल–८ खुख्खानगरमा रहेको मानवसेवा आश्रममा आश्रित असहायकका लागि नगद सहयोग गरेको छ ।

अध्यक्ष धितालले आश्रमका संचालक लोकनाथ भुषाललाई १६ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी सहकारीले तिलोत्तमा मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका दृष्टिविहीनहरुलाई ब्रेललिपी, खाद्यान्न लगायतका सामग्री वितरण गरेको छ । अध्यक्ष धितालले विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेलाई उक्त समाग्री हस्तान्तरण गर्नु भएको हो ।

संस्थाका सचिव माया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष मित्रबहादुर शाक्य, उपाध्यक्ष कृष्णप्रसाद अर्याल लगायतले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिदै संस्थाले स्थापना दिवसमा विभिन्न क्षेत्रमा गरेको सहयोगको सर्हना गर्दै स्थापना दिवसका अवसरमा गरिने कार्यक्रमहरु वर्षभरी निरन्तर गरिने बताउनुभयो ।

दुई हजार ३ सय शेयर सदस्य रहेको ईन्द्रेणीको शेयर पुँजी ७ करोड र समुदायमा शेयर सदस्यका लागि ४० करोड लगानी गरेको ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : ५१ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा