९ चैत्र २०८२, सोमबार | March 24, 2026

कोरोनाविरुद्ध अन्तर्राष्ट्रिय हातेमालो : आउन थाल्यो स्वास्थ्य सामग्री



काठमाडौं । कोरोना (कोभिड-१९) महामारीसँग लडाइँमा सहयोग गर्दै नेपाललाई विभिन्न मित्रराष्ट्रले पठाएका थप स्वास्थ्य सहयोग आउने क्रम सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान र परराष्ट्र मन्त्रालयले गरेको निरन्तर पहल स्वरूप ती स्वास्थ्य सहयोग धमाधम नेपाल भित्रिन थालेको हो । सोही पहलअनुसार केही दिनअघि मध्यपूर्वको ओमनबाट सहयोग सामग्री आइसकेको छ । जसअनुसार बिहीबार पहिलो खेपको सामग्री स्पेन सरकारले पठाउँदैछ ।

बुधबार पनि युरोपियन युनियन र स्पेनले नेपाल सरकारलाई कोरोना महामारीसँग लड्नका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र युरोपियन युनियन तथा स्पेनका विदेश एवं सहयोग मन्त्रालयका मन्त्री तथा स्पेनका सहयोग मन्त्री अरन्चा गोञ्जालेज लायाबीच बुधबार भएको टेलिफोन वार्तामा सो प्रतिबद्धता आएको हो ।

वार्ताका क्रममा नेपाल र युरोपियन युनियन तथा स्पेनका सम्बन्धका विविध पक्ष र सहयोग आदान-प्रदानका विषयमा थप छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले सहयोगका लागि धन्यवाद प्रकट गरे ।

विदेशमन्त्री गोञ्जालेज लायाले नेपालमा रहेका स्पेनी नागरिकलाई फिर्ता पठाउनका लागि सहयोग गरेकोमा धन्यवाद दिए । उनले द्विपक्षीय तथा अन्य विभिन्न माध्यमबाट नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिए । यसैबीच स्पेन सरकारले नेपाललाई अत्यावश्यकीय चिकित्सा सामग्री बिहीबार पठाउँदैछ ।

चार्टर्ड विमानमार्फत स्पेन सरकारले पठाउने ती सामग्री बिहीबार अपरान्ह नेपाल भित्रने परराष्ट्र मन्त्रालयले जनाएको छ । ती सामग्रीमा भेन्टिलेटर, अक्सिजन कन्ट्रयाक्टर र पीपीई लगायतका सामग्री रहेका छन् । स्पेनी एजेन्सीका अन्तर्राष्ट्रिय विकास सहयोगका निर्देशक म्याग्डी मार्टिनेज सोलिम्यानले सो सामग्री स्पेन सरकारका तर्फबाट नेपालका स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण गर्नेछन ।

मन्त्रालयका युरोप अमेरिका महाशाखाका प्रमुख निर्मल काफ्लेले अमेरिका र युरोपका अरू मुलुकले समेत यथाशीघ्र नेपालमा स्वास्थ्य सामग्री पठाउने प्रक्रिया थालेको जानकारी दिँदै जर्मनी, स्विजरल्यान्ड, क्यानडाबाट पनि सहयोग सामग्रीका लागि प्रक्रिया र छलफल चलिरहेको जानकारी दिए ।

मध्यपूर्वका विभिन्न मुलुकले पनि नेपालका लागि आवश्यक स्वास्थ्य सहयोग दिने भएको छ । परराष्ट्र मन्त्रालयका मध्यपूर्व महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले सोहीअनुसार पहल र प्रक्रिया अगाडि बढेको जानकारी दिँदै अहिले त्यस क्षेत्रका अधिकांश देशमा इद पर्व चलिरहेकाले केही ढिलाइ भएको र तर छिट्टै नै मध्यपूर्वका नेपालका मित्र राष्ट्रले स्वास्थ्य सहयोग पठाउने प्रतिबद्धता आइरहेको बताए । गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ६ : ४४ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११