१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

३० लाखको स्वास्थ्य सामग्री सहयोग



काठमाडौं । बोधिसत्वा विहार काठमाडौंंले गण्डकी प्रदेशका स्वास्थ्य संस्था, स्थानीय तह र पत्रकार महासङ्घ कास्की शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका संस्थालाई बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी २० थान अक्सिजन कन्सन्ट्रेटर लगायत रु ३० लाख मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको स्थानीय व्यवस्थापन संयोजक दीननाथ बरालले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), गण्डकी प्रदेशको सङ्क्रामक तथा सरुवा रोग अस्पताल, शिशुवा कोभिड अस्पताल, कास्कीका चार गाउँपालिका, पत्रकार महासङ्घ कास्की, फोटो पत्रकार महासङ्घ गण्डकी प्रदेशसहितका विभिन्न सङ्घसंस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

पोखराका तीन अस्पताललाई १० लिटरको दुई/दुई र पाँच लिटरको तीन÷तीनवटा अक्सिजन कन्सन्टे«टर वितरण गरिएको संयोजक बरालले बताए। यसैगरी अस्पताललाई जनही एक/एक सय पिपिइ सेट, एक/एक कार्टुन औषधि, मास्क, स्यानिटाइजर, फिनेल, ह्याण्डवास, फेसशिल, अक्सोमिटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रतिष्ठानका निर्देशक डा भरत खत्री, प्रतिष्ठानका कोभिड फोकल पर्सन डा शरदचन्द्र बराल, सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचन, माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दबाडी, पत्रकार महासङ्घका अध्यक्ष विमला भण्डारीलगायतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । महानगर प्रमुख जिसीले स्वास्थ्य सामग्रीलाई आवश्यकताका आधारमा प्रयोग गर्ने बताउँदै महामारीका बेला निजी क्षेत्रको समेत सहकार्य आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ७ : ५१ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु