६ आश्विन २०८३, मंगलबार | September 22, 2026

विवेकशील साझा पार्टी राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने



काठमाडौं । विवेकशील साझा पार्टी राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने भएको छ ।

विवेकशील साझाको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले आज एक विज्ञप्ति जारी गर्दै नो भोट लागु गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर्न माग गरेका हुन् ।

‘विवेकशील साझा पार्टी राष्ट्रिय सभामा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका बौद्धिक व्यक्तित्वहरूको उपस्थिति हुनुपर्दछ भन्ने मान्यता राख्दछ । कार्यपालिका (प्रधानमन्त्री) को चयनमा प्रत्यक्ष भूमिका नहुने सदन भएका कारण पनि राष्ट्रिय सभा सदस्यहरूले कतिपय अवस्थामा दलीय स्वार्थ भन्दा माथि उठी मुलुक र नागरिकको हितमा भूमिका खेल्न सक्नुपर्दछ भन्ने हामीलाई लाग्दछ ।’ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै, विवेकशील साझाले चुनावी मैदानमा प्रतिस्पर्धामा रहेका तिनै जना उमेदवारबाट राष्ट्रिय सभामा अपेक्षा गरेको भूमिका निर्वाह नहुने भन्दै निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको बताएको छ । ‘चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ९ : २१ बजे

दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा