४ श्रावण २०८३, सोमबार | July 20, 2026

सियारीमा कोरोना पूर्वतयारीलाई प्रभावकारी बनाइँदै



सियारी । सियारी गाउँपालिकाले नोबेल कोरोना (COVID–19) पूर्वतयारीलाई तीव्रता दिएको छ । गाउँपालिकामा अहिले विभिन्न सचेतनामूलक कार्यक्रम, ब्यानर टाँस्ने तथा पर्चा पम्पलेट बाँड्ने कार्य भैरहेको गाउँपालिकाले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको उच्च जोखिममा नेपाललाई राखेसँगै अहिले विभिन्न सचेतनामूलक कार्य भैरहेको र सियारी गाँउपालिकामा पनि यस खालका सचेतनामूलक कार्यक्रम भैरहेका गाउँपालिका अध्यक्ष अयोध्या थारुले जानकारी दिनुभयो ।

सियारी गाउँपालिकाका विभिन्न सरोकारवालाहरुको बैठक बसी बुधबार नै विभिन्न निर्णय गरिएको उहाले बताउनुभयो । पूर्वतयारी र त्यसपछिका अवस्थाको व्यवस्थापनका लागि साझा रणनीति तय गर्नेसमेत निर्णय भएको गाउँपालिका अध्यक्ष थारुले बताउनुभयो ।

बैठकले विभिन्न ठाउँमा सूचना प्रवाह गर्ने, ब्यानर, पम्पलेट तथा ब्रोसर वितरण, सचेतनामूलक कार्यक्रम गर्ने, कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै अति अवाश्यक कामबाहेक गाउँपालिका बासिहरुलाई घर बाहिर ननिस्किन अनुरोध गरिएको र कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बुधबारदेखि नै लागुहुने गरि सियारीमा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने निर्णयसमेत गरिएको गाउँपालिकाकी प्रवक्ता तथा पालिका उपाध्यक्ष अमृता गुरुङले जानकारी दिनुभयो ।

साथै बैठकले पूर्ण सरसफाई तथा स्वास्थ्य पोषण कार्यक्रम सफल बनाउन गाउँवासीलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : ३५ बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित