१७ श्रावण २०८३, आइतबार | August 2, 2026

अनेरास्ववियुले दियो प्रदेश सरकारलाई एम्बुलेन्स र सव वाहन



बुटवल । अनेरास्ववियु क्षेत्र नं. १ रूपन्देहीले एउटा बिरामी बोक्न गाडी (अस्थायी एम्बुलेन्स) र अर्को सव बोक्ने गाडी लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराएको छ । अनेरास्ववियूले कोरोना महामारी अवधी भर निस्शुल्क प्रयोग गर्नेगरी २ वटा गाडी मन्त्रालयलाई उपलब्ध गराएको हो ।

देवदह नगरपालिकाले निर्माण गरेको अस्थायी कोरोना अस्पताल सित्तलनगर परिसरमा आयोजित एक कार्यक्रममा ती गाडीहरू हस्तान्तरण गरिएको हो । गाडीहरू ग्रहण गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले युवा विद्यार्थीलाई धन्यवाद दिए । उनले सबैको सहकार्य, सहयोग र साथले मात्रै कोरोना महामारीको युद्धमा विजयी प्राप्त हुने विश्वास ब्यक्त गर्दै सबै मिलेर महामारीविरुद्ध लाग्न आग्रह गरे ।

मन्त्री श्रेष्ठले अनुशासनमा रही स्वास्थ्य मापदण्ड अपनाएर सबैले एक अर्कासँग सहकार्य गरेर सकारात्मक चिन्तनका साथ अगाडी बढेमा महामारीविरुद्धको युद्धमा छिट्टै जित हासिल गर्न सकिने विश्वास समेत व्यक्त गरे । समाजका अगुवाले सामाजिक उत्तरदायित्व बहन गर्दै सुरक्षित रहेर जनतालाई सुसूचित बनाउनुपर्ने छ । उनले भने ।

हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपाने, देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदह मेडिकल कलेजका अस्पताल निर्देशक डा. बिक्रम ज्ञवाली, मन्त्रीका स्वकीय सचिव माधव सापकोटा लगायत अनेरास्ववियु तथा युवा संघमा आवद्ध युवा विद्यार्थीहरूको सहभागी रहेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १ : ३९ बजे

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौं । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी,

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी