५ पुस २०८२, शनिबार | December 20, 2025

पुनः प्रधानमन्त्रीमा दाबी पेश गरेर शितलनिवासबाट बाहिरिए ओली



काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।

ओलीले एमालेका १२१ सांसद र जसपाका १६ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति कार्यालय शितल निवास गएका छन् ।

ओलीले १२१ जना एमाले सांसदहरुको हस्ताक्षर बुझाए पनि माधवकुमार नेपालसहित २७ जना एमाले नेताहरुले भने विपक्षी गठबन्धनलाई समर्थन गरेका छन् । त्यस्तै जसपाको उपेन्द्र यादव पक्ष विपक्षी गठबन्धनमा रहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबी पेश गर्न विपक्षी नेताहरु राष्ट्रपति कार्यालयकै बैठक कक्षमा कुरेर बसिरहेका छन् ।
ओलीले आफ्नो दाबी पेश गरेर शितल निवासबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ४ : २३ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य