५ पुस २०८२, शनिबार | December 20, 2025

देउवाको पक्षमा हस्ताक्षर नगरेका योगेश भट्टराई भन्छन् : ‘सहि गरें कि गलत गरें, इतिहासको कठोर कठघरामा खडा छु’



काठमाडाै । एमालेभित्र प्रधानमन्त्री ओलीको खरो आलोचककारुपमा चिनिएका नेपालपक्षका नेता योगेश भट्टराईले आज आफुले गरेको कार्य प्रति आफै चिन्ता प्रकट गरेका छन् ।

नेपालपक्षका २७ जना सांसदहरुले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्दा एक्लै हस्ताक्षर गर्न अस्विकार गरेका भट्टराईले आफूले आज शुक्रबार गरेको निर्णयप्रति गम्भीर चिन्ता प्रकट गरेका हुन् ।

आज माधव नेपाल पक्षको समेत समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनबाट राष्ट्रपतिसमक्ष बहुमत दावी प्रस्तुत गरेकोमा नेता भट्टराईले हस्ताक्षर गरेका थिएनन् । यसका लागि नेपाल पक्षका अन्य सबै सांसदले हस्ताक्षर गरे पनि भट्टराईले हस्ताक्षर नगरेको बताइएको छ।

अहिले सम्म नेपालपक्षका हरेक निर्णय कार्यान्वयन गर्दै र त्यसको नेतृत्व समेत गर्दै आएका भट्टराईले आज पहिलो पटक समूहको निर्णय विपरित हस्ताक्षर नगरेको सन्दर्भमा सामाजिक सञ्जालमा आफूले सही निर्णय गरेँ कि गलत भन्दै चिन्ता प्रकट गरेका हुन्।

‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज। नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ,’ उनले भनेका छन्, ‘सही गरेँ कि गलत गरेँ, इतिहासको कठोर मूल्यांकनमा खडा छु।’

नेता भट्टराई तीनै पूर्व मन्त्री हुन् जस्ले ओली प्रबृत्तीको विरोधमा मन्त्री पद सहज त्याग गरेर सडकमा आएका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ८ : ४६ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले