२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिक तयारी तीव्र



टोकियो । जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा सङ्कटकाल लागु भएको भए पनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको शुक्रवार जानकारी दिएका हुन ।

अघिल्लो वर्षका लागि तय गरिएको टोकियो ओलम्पिक कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सारिएको हो । प्रतियोगिता एक वर्ष पछाडि सार्दा समेत महामारी कायमै रहे पनि प्रतियोगिता सञ्चालन गर्ने गरी अहिले तयारी भइरहेको हो ।

प्रतियोगिताको उद्घाटन हुन अब दुई महिना मात्रै बाँकी रहँदा पनि जापानका धेरै ठाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि सङ्कटकाल लगाइएको छ । जापानमा अहिले पनि कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरूको सङ्ख्यामा वृद्धि हुँदै आएको अधिकारीहरूले जनाएका छन ।

अस्ट्रेलिया ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका कोट्सले भर्चुअल माध्यम मार्फत अस्ट्रेलियाबाट नै प्रतियोगिताको तयारी सन्तोषजनक तरिकाले नै अगाडि बढिरहेको जानकारी दिए ।

प्रतियोगिताका आयोजकहरू मध्येका सरोकारवालाहरूसँग भएको तीन दिने बैठकपछि उनले स्वास्थ्य विज्ञहरूको सल्लाह अनुसार तयारीका कामहरू भइरहेको बताए । त्यसै गरी विश्व स्वास्थ्य सङ्गठनका मान्यता र निर्देशिकालाई पनि ध्यान दिइएको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ७ : ०५ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री