१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बार्सिलोनाका कप्तान मेस्सी ला लिगाको अन्तिम खेल नखेल्ने



काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगाको जारी सिजनको अन्तिम खेल नखेल्ने भएका छन् ।

बार्सिलोनाले सिजनको अन्तिम खेलमा आइतबार इबरसँग खेल्नै लाग्दा मेस्सी भने उक्त खेलमा अनुपस्थित हुने भएका छन् । बार्सिलोनाले मेस्सीलाई अन्तिम खेलमा आरामको मौका दिएको हो ।

प्रशिक्षक कोम्यानसँगको सल्लाहमा मेस्सीले आज राति बार्सिलोनाको लागि नखेल्ने भएका क्लबले पुष्टि गरेको छ । मेस्सीले अर्को महिनादेखि सुरु हुने कोपा अमेरिकाको लागि आराम गर्ने भन्दै क्लबले मौका दिएको हो । कोपा अमेरिका जुन १३ देखि अर्जेन्टिनामा सुरु हुँदैछ ।

यस सिजन उपाधि होडबाट बाहिरिइसकेको बार्सिलोनाको शुक्रबारको टिम प्रशिक्षणमा समेत मेस्सी उपस्थित भएका थिएनन् । मेस्सी र बार्सिलोना बीचको सम्झौता समेत यस सिजनको अन्त्यसँगै सकिदैछ ।

https://twitter.com/FCBarcelona_es/status/1395667372619538439?s=20

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ७ : २२ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत