७ आश्विन २०८३, बुधबार | September 23, 2026

सामूहिक रणनीति बनाउन विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै



काठमाडौं । विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेसँगै संयुक्त बैठक बस्ने भएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा शनिबार बिहान ११ बजे बस्न लागेको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले साझा धारणा बनाउन संयुक्त बैठक बोलाएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।

नेपालको संविधानको धारा ७६(५) अनुसार नयाँ प्रधानमन्त्रीका लागि दाबी नपुग्ने ठहर राष्ट्रपति कार्यालयले गरेपछि भएको प्रतिनिधिसभा विघटनको निर्णयबाट विपक्षी दलका नेताहरू आक्रोशित बनेका छन् ।

धारा ७६(५) अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेश गरेका दाबीले विश्वासको मत पाउने आधार नभएको ठहर गर्दै राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री नियुक्त गरेन । त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् ।

शुक्रवार मध्यराति राष्ट्रपति भण्डारीबाट प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ कात्तिक २६ गते शुक्रवार र दोस्रो चरणको निर्वाचन २०७८ मंसिर ३ गते शुक्रवार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १० : ४६ बजे

कांग्रेस १५ औ महाधिवेशन : बुटवल र नेपालगन्जमा गगनकै नाममा दुई फरक गुट चुनावी मैदानमा

बुटवल । विशेष महाधिवेशनबाट एकढिक्क बनेको दाबी गरिएको नेपाली कांग्रेसको

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

लुम्बिनी प्रदेशका केही स्थान अतिभारी वर्षाको जोखिममा : बाँकेमा यस्तो छ जोखिम न्यूनीकरणको पूर्वतयारी

नेपालगन्ज । सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्‌लाई ध्यानमा राख्दै