१८ असार २०८३, बिहिबार | July 2, 2026

झलनाथ खनाल र माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय



काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीको आज बसेको बैठकले नेता नेपालसहितका सांसदहरुलाई पार्टी अनुशासन उल्लंघन गरेको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले आफ्नै पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी गठबन्धनका उम्मेदवारलाई सघाउन हस्ताक्षर गरेको अभियोगमा खनाल नेपालसहितका नेताहीमाथि कारवाही प्रक्रिया सुरु गर्नका लागि स्पष्टीकरण सोध्न लागेको हो ।

तर, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने यसपकटक स्पष्टिकरण मागिएको छैन । खनाल, नेपाल र रावलबाहेक स्पष्टिकरण सोधिएका अरु सबै समानुपातिक सांसदहरु हुन ।

एमालेले केहीदिन अघि मात्र नेपालसहितका नेताहरुमाथि गरेको ६ महिने निलम्बनको कारवाही फिर्ता लिएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ७ : ०५ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता