२० बैशाख २०८१, बिहिबार | May 2, 2024

प्रधानमन्त्री ओली पक्षमा लागेका नेताहरुलाई जसपाले कारवाही गर्ने



काठमाडौं । जनता समाजवादी पार्टीको राष्ट्रिय कार्यकारिणी समितिको बैठकले पार्टीमा छलफल र निर्णय नगरि आफुखुसी काम गर्ने ४ नेतालाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शनिवार साँझ बसेको कार्यकारिणी समितिको बैठकले पार्टी निर्णय विपरित प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने ४ नेताहरुलाई कारवाही प्रक्रिया अगाडि बढाएको जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले खबरकुरालाई बताए । उनले कारवाही प्रक्रियाको प्रारम्भमा महन्त ठाकुर, राजेन्द्र महतो, शर्बेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बताए ।

राईका अनुसार बैठकले पार्टीको विधानविपरीत फर्जी तरिकाले राजेन्द्र महतोलाई संसदीय दलमा चयन गरेको भन्दै महतोको पद खारेज गरेको छ भने पार्टी निर्णय विपरित महन्त ठाकुरले फर्जी हस्ताक्षर तयार गरि राष्ट्रपति कार्यालयमा पठाएको ओलीलाई गर्ने भनिएको समर्थनलाई पनि खारेज गरिदिएको छ ।

त्यस्तै,  ओलीको कदमलाई साथ दिने जसपा नेपालका सांसदहरुलाई के हुन्छ ? भन्ने खबरकुराको प्रश्नमा नेता राईले ४ नेताको स्पष्टीकरण कस्तो आउँछ, त्यो हेरेर थप कारवाही अगाडि बढ्ने स्पष्ट पारे । चित्तबुझ्दो जवाफ नआए निश्कासन सम्मको कारवाही हुन सक्ने उनले बताए ।

आजको बैठकले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको कदमलाई प्रतिगामी कदम ठहर गर्दै आपत्ति जनााएको छ । प्रतिगमन भाग २ का विरुद्ध विपक्षी गठबन्धनमा अध्यक्ष उपेन्द्र यादवले जनाएको सहभागीतालाई बैठकले अनुमोदन गरेको नेता राईले जानकारी दिए । प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको कानुनी उपचार खोज्ने तथा संघर्ष गर्ने निर्णय पनि भएको उनले बताए ।

आज बसेको बैठक बैठक अध्यक्ष महन्थ ठाकुरको पनि हस्ताक्षरबाट बोलाइएको बताउँदै कार्यकारिणी समितिको आजको बैठक आधिकारिक बैठक भएको राईले दाबी गरेका छन् । आजको बैठकमा अध्यक्ष ठाकुर पक्षका कार्यकारिणी सदस्यहरु भने उपस्थित थिएनन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १० : ४६ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा