१६ चैत्र २०८२, सोमबार | March 30, 2026

प्रधानमन्त्री ओली पक्षमा लागेका नेताहरुलाई जसपाले कारवाही गर्ने



काठमाडौं । जनता समाजवादी पार्टीको राष्ट्रिय कार्यकारिणी समितिको बैठकले पार्टीमा छलफल र निर्णय नगरि आफुखुसी काम गर्ने ४ नेतालाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शनिवार साँझ बसेको कार्यकारिणी समितिको बैठकले पार्टी निर्णय विपरित प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने ४ नेताहरुलाई कारवाही प्रक्रिया अगाडि बढाएको जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले खबरकुरालाई बताए । उनले कारवाही प्रक्रियाको प्रारम्भमा महन्त ठाकुर, राजेन्द्र महतो, शर्बेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बताए ।

राईका अनुसार बैठकले पार्टीको विधानविपरीत फर्जी तरिकाले राजेन्द्र महतोलाई संसदीय दलमा चयन गरेको भन्दै महतोको पद खारेज गरेको छ भने पार्टी निर्णय विपरित महन्त ठाकुरले फर्जी हस्ताक्षर तयार गरि राष्ट्रपति कार्यालयमा पठाएको ओलीलाई गर्ने भनिएको समर्थनलाई पनि खारेज गरिदिएको छ ।

त्यस्तै,  ओलीको कदमलाई साथ दिने जसपा नेपालका सांसदहरुलाई के हुन्छ ? भन्ने खबरकुराको प्रश्नमा नेता राईले ४ नेताको स्पष्टीकरण कस्तो आउँछ, त्यो हेरेर थप कारवाही अगाडि बढ्ने स्पष्ट पारे । चित्तबुझ्दो जवाफ नआए निश्कासन सम्मको कारवाही हुन सक्ने उनले बताए ।

आजको बैठकले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको कदमलाई प्रतिगामी कदम ठहर गर्दै आपत्ति जनााएको छ । प्रतिगमन भाग २ का विरुद्ध विपक्षी गठबन्धनमा अध्यक्ष उपेन्द्र यादवले जनाएको सहभागीतालाई बैठकले अनुमोदन गरेको नेता राईले जानकारी दिए । प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको कानुनी उपचार खोज्ने तथा संघर्ष गर्ने निर्णय पनि भएको उनले बताए ।

आज बसेको बैठक बैठक अध्यक्ष महन्थ ठाकुरको पनि हस्ताक्षरबाट बोलाइएको बताउँदै कार्यकारिणी समितिको आजको बैठक आधिकारिक बैठक भएको राईले दाबी गरेका छन् । आजको बैठकमा अध्यक्ष ठाकुर पक्षका कार्यकारिणी सदस्यहरु भने उपस्थित थिएनन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १० : ४६ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित